- नेपालमा अक्सन शेयर प्रायः विक्री नभएको हकप्रद शेयर वा संस्थापक लगानीकर्ताले बिक्री गर्न खोजेका शेयर मार्फत आउँछन्।
नेपालमा हाल आईपीओ (ipo) मात्र नभई अक्सन शेयर पनि लगानीकर्ताका लागि आकर्षक विकल्प बन्दै गएको छ। धेरैलाई अझै अक्सन शेयर भनेको के हो भन्ने स्पष्ट जानकारी छैन। वास्तवमा, अक्सन शेयर भन्नाले कम्पनीले बाँकी (नविक्री भएको) हकप्रद शेयर वा अन्य माध्यमबाट बाँकी रहेको, वा कुनै संस्थापक/साधारण लगानीकर्ताले होल्ड गरेको तर पछि बेच्न खोजेका शेयरहरू लाई बन्द बोली (Sealed Bid) प्रणाली प्रयोग गरेर बिक्री गर्ने प्रक्रिया हो। यसलाई साधारण भाषामा भन्नुपर्दा, कम्पनीले आफ्नो बाँकी शेयरहरूलाई सबैभन्दा बढी मूल्य प्रस्ताव गर्ने लगानीकर्तालाई बेच्ने प्रणाली नै अक्सन शेयर हो। अक्सन शेयरको आकर्षण बजार मूल्यभन्दा सस्तोमा शेयर पाउने सम्भावना रहन्छ । यदि प्रतिस्पर्धा कम भयो भने न्यूनतम मूल्यमा मात्र बोली हाल्दा पनि शेयर पाउने चान्स रहन्छ ।
नेपालमा अक्सन शेयर प्रायः विक्री नभएको हकप्रद शेयर वा संस्थापक लगानीकर्ताले बिक्री गर्न खोजेका शेयर मार्फत आउँछन्। यसमा लगानीकर्ताले तोकेको न्यूनतम मूल्यभन्दा तल बोली राख्न पाइँदैन र सबैभन्दा उच्च मूल्यमा बोली गर्नेले पहिलो प्राथमिकता पाउँछ। उदाहरणका लागि, कुनै बैंकले अर्को बीमा कम्पनीका शेयर होल्ड गरेको थियो भने पछि त्यो शेयर कम्पनीमार्फत अक्सनमा राखेर बिक्री गरिन्छ।
अर्को उदाहरण:
मानौं बजारमा कुनै कम्पनीको शेयर मूल्य रु. ४५० छ।
तर कम्पनीले अक्सन शेयर न्यूनतम मूल्य रु. १०० राखेर नीलामीमा ल्यायो।
• यदि तपाईंले रु. २०० मा बोली हाल्नुभयो भने र अरू धेरैले कममा बोली गरे भने तपाईंलाई पाउन सकिन्छ।
• तर यदि तपाईंले रु. ५०० मा बोली गर्नुभयो भने बजार मूल्य रु. ४५० हुँदा तपाईंले माथि तिरेर घाटा खान सक्नुहुन्छ।
अक्सन शेयरमा लगानी गर्दा बजार मूल्यभन्दा सस्तोमा शेयर पाउने अवसर हुन्छ, तर बजार मूल्यभन्दा बढीमा बोली राख्दा घाटा हुने सम्भावना रहन्छ। त्यसैले अक्सन शेयरमा लगानी गर्दा सचेत निर्णय लिनु जरुरी हुन्छ।
अक्सन शेयर कहाँबाट आउँछ?
- विक्री नभएको हकप्रद शेयर (Unsubscribed Right Shares)
- जब हकप्रद शेयरमा सबैले आवेदन नगर्दा केही शेयर बाँकी रहन्छ।
- त्यो बाँकी शेयरलाई अक्सनमार्फत बिक्री गरिन्छ।
- संस्थापक वा साधारण लगानीकर्ताले बेच्न खोजेका शेयर
- कुनै संस्थापक वा ठूलो लगानीकर्ताले आफ्ना शेयर बेच्न चाहे।
- ती शेयर पनि कम्पनीमार्फत अक्सनमा आउँछन्।
अक्सनमा लगानी गर्दा फाइदा र बेफाइदा
फाइदा (Advantages):
अक्सन शेयरमा लगानी गर्दा केहि प्रमुख फाइदा छन्। पहिलो, न्यून मुल्यमा (Low cost)मा शेयर खरिद गर्ने मौका हुन्छ। दोस्रो, हाई अलोटमेन्ट (Allotment) चान्स हुन्छ किनभने अक्सनमा सहभागी हुने लगानीकर्ता संख्या सामान्यतया कम हुन्छ। आईपीओमा लाखौं आवेदन पर्न सक्छन् भने अक्सनमा सीमित लगानीकर्ता मात्र आवेदन दिने भएकाले शेयर पाउने सम्भावना बढी हुन्छ। अझ येसको प्रभाव बजार बुलिस, बियरिस र साईडवयज देखिँदा लगानिकर्ताको मनोविज्ञानले प्रभाव पार्दछ। तेस्रो, लगानीकर्ताले बल्कमा शेयर खरिद गर्न सक्ने अवसर पाउँछन्, जसले गर्दा भविष्यमा राम्रो नाफा कमाउने सम्भावना रहन्छ।
• बजार मूल्यभन्दा कम मूल्यमा शेयर पाउने अवसर।
• दलाल कमिशन, सेवा शुल्क कम लाग्ने।
• IPO/FPO भन्दा धेरै उच्च Allotment Chances।
• Bulk मा शेयर किन्ने सुविधा (हजारौँ कित्ता एकै पटक)।
• छोटो अवधिमै राम्रै नाफा (Listing Gain) लिन सकिने सम्भावना।
बेफाइदा (Disadvantages):
अक्सन शेयरमा लगानी गर्दा केहि बेफाइदा पनि छन्। अक्सन बजार अझै पूर्णरूपमा डिजिटल नभएकाले फिजिकल रूपमा कार्यालय पुगेर फारम लिनु, रकम डिपोजिट गर्नु र फारम बुझाउनुपर्ने हुन्छ। यसले नेपाल बाहिर रहेका लगानीकर्तालाई असुविधा पुर्याउँछ। अर्को, अक्सन शेयरमा लगानी गर्दा Cut-off price (कट–अफ प्राइस: बोलकबोल मार्फत निर्धारण गरिएको मुल्य) भन्दा बजार मूल्य तल जान सक्ने सम्भावना पनि रहन्छ, जसले घाटा निम्त्याउन सक्छ। साथै, अक्सन शेयर पर्न एक–दुई हप्ता लाग्ने भएकाले पैसा निश्चित समय होल्डमा रहन्छ।
• अहिले पनि धेरै अक्सन प्रक्रिया फिजिकल रूपमा मात्र हुन्छ।
• विदेशमा रहेका लगानीकर्ताका लागि सजिलो छैन।
• आवेदन गर्दा रकम एक निश्चित समयसम्म रोकिएको हुन्छ।
• गलत मूल्यमा बोली गर्दा घाटा हुने जोखिम।
• शेयर बाँडफाँड निश्चित हुँदैन, अनिश्चितता धेरै हुन्छ।
अक्सन शेयरमा कसरी आवेदन गर्ने? [Step By Step Process]
अक्सनमा आवेदन IPO/FPO वा हकप्रद शेयरभन्दा फरक हुन्छ। नेपालमा अक्सन शेयर आवेदन गर्न निम्न प्रक्रिया पालना गर्नुपर्छ:
Step 1: अक्सन नोटिस (Auction Notice) पढ्नुहोस्
सबैभन्दा पहिले कम्पनीले प्रकाशित गरेको अक्सन नोटिस (Auction Notice) ध्यानपूर्वक पढ्नुहोस्। यसमा अक्सन सम्बन्धी सम्पूर्ण जानकारी दिइएको हुन्छ। नोटिस पढ्दा अक्सनको अवधि (Auction Time Period), आवेदन स्थान, इश्यू म्यानेजर (Issue Manager), शेयर संख्या, न्यूनतम मूल्य र न्यूनतम आवेदन संख्या जस्ता विवरणहरू बुझ्नुहोस्।
Step 2: मूल्य र शेयर संख्या निर्धारण गर्नुहोस् (Decide Price & Quantity)
अक्सनमा आवेदन दिनु अघि तपाईंले शेयरको मूल्य र कति कित्ता खरिद गर्ने भन्ने निर्णय गर्नु पर्छ। मूल्य निर्धारण गर्दा बजार मूल्य (Market Price) भन्दा कम मूल्यमा बिड (Bid) राख्नु लाभदायी हुन्छ। यदि अक्सनमा धेरै शेयर उपलब्ध छन् भने, तपाईं आफ्नो मूल्य अझ तल राखेर आवेदन दिन सक्नुहुन्छ।
कति कित्ता शेयर किन्न चाहनुहुन्छ र कुन मूल्यमा किन्न चाहनुहुन्छ भन्ने निर्णय गर्नुहोस्।
• बजार मूल्य भन्दा कम मूल्यमा बोली राख्नुपर्छ।
• यदि अक्सनमा शेयर आपूर्ति धेरै छ भने अझै कम मूल्यमा बोली राख्न सकिन्छ।
Step 3: इश्यू म्यानेजरको कार्यालय जानुहोस् (Go to Issue Manager)
कम्पनीले अक्सनको लागि तोकेको इश्यू म्यानेजर (Issue Manager/Merchant Banker) कार्यालयमा जानुहोस्। नेपालमा प्रायः मर्चेन्ट बैंकर्स (Merchant Bankers) अक्सनको प्रबन्धक हुन्छन्।
Step 4: अक्सन फारम खरिद गर्नुहोस् (Purchase Auction Form)
इश्यू मेनेजरको काउन्टरबाट रु. 100 मा अक्सन फर्म खरीद गर्न सकिन्छ।
Step 5: रकम जम्मा गर्नुहोस् (Deposit Amount in Bank)
फारममा दिइएको बैंक खाता नम्बर (Account Number) मा तपाईंले आवेदन अनुसारको रकम जम्मा गर्नु पर्छ। उदाहरणका लागि, यदि तपाईं 100 कित्ता शेयर Rs. 500 प्रति शेयर मूल्यमा आवेदन दिन चाहनुहुन्छ भने Rs. 50,000 जम्मा गर्नु पर्छ।
Step 6: फारम बुझाउनुहोस् (Submit Form)
बैंकमा रकम जम्मा गरेपछि फारम भरी,अक्सन फारमसँगै नागरिकताको प्रतिलिपि, फोटो, बैंक भौचर डिपोजिट स्लिप वा गुड–फर–पेमेंट चेक (Deposit Voucher/Good For Payment Cheque,) डिमाट कन्फर्मेसन पत्र, PAN नम्बर र आवश्यक परे CBI रिपोर्ट सहित सिल गरिएको खाम (Sealed Envelope) मा राखेर इश्यू म्यानेजरलाई बुझाउनुहोस्। बुझाउँदा फारम “लाहा छाप” भएको लिफाफामा राखेर मात्र दिनुपर्छ।
Step 7: रिसिप्ट लिनुहोस् र सुरक्षित राख्नुहोस् (Take Receipt & Keep Safe)
फारम बुझाएपछि रिसिप्ट (Receipt) लिनुहोस्। शेयर आबंटन (Share Allotment) भएमा शेयर तपाईंको डिम्याट अकाउन्ट (Demat Account) मा जम्मा हुनेछ। यदि शेयर आबंटन हुँदैन भने, बोली रकम स्वतः तपाईंको बैंक खातामा फिर्ता हुनेछ।
फर्म बुझाउँदा प्राप्त भएको रसिद सुरक्षित राख्नुहोस्।
• यदि शेयर पाउनुभयो भने, केही समयपछि शेयर तपाईंको डिमाट खातामा पठाइन्छ।
• शेयर नपाएमा, तपाईंले जम्मा गरेको रकम स्वचालित रूपमा बैंक खातामा फिर्ता हुन्छ।
अक्सनमा शेयर कसरी बाँडफाँड हुन्छ?
इश्यू म्यानेजरले पहिले उच्चतम बिड (Highest Bidder) राख्ने लगानीकर्तालाई शेयर वितरण गर्छन्। त्यसपछि दोस्रो उच्चतम बिड राख्ने लगानीकर्तालाई शेयर दिने क्रम जारी रहन्छ। त्यसैले अक्सनमा आवेदन दिने बेला सही मूल्य निर्धारण (Appropriate Price) गर्नु आवश्यक हुन्छ।
निष्कर्ष:
अक्सन शेयर लगानीकर्ताका लागि अर्को राम्रो विकल्प हो। यसमार्फत बजार मूल्यभन्दा सस्तोमा शेयर पाउने सम्भावना हुन्छ। तर बजार मूल्यभन्दा धेरैमा बोली राख्नु घाटा हुने जोखिम हुन्छ।
यदि अक्सन प्रक्रिया अझै प्रष्ट बुझ्न चाहनुहुन्छ भने, अघिल्ला कम्पनीहरूको अक्सन डेटा अध्ययन गरेर रणनीति बनाउन सकिन्छ।
उदाहरण:
शेयर लिलामी (Auction of Shares) प्रक्रिया – नेपाल इन्स्योरेन्स कम्पनी (Nicl) लिमिटेडको उदाहरण:
कम्पनीले सर्वप्रथम आफ्नो शेयरको लिलामी (Auction of Shares) सम्बन्धी सूचना (Notice) प्रकाशित गर्छ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि आफ्नो अवितरित हकप्रद शेयर को लिलामी सूचना प्रकाशित गरेको छ।
यस सूचना (notice) मा लिलामीसँग सम्बन्धित सम्पूर्ण जानकारी दिइएको हुन्छ।
ध्यान दिनुपर्ने मुख्य बुँदाहरू यस प्रकार छन्:
१. Auction Time Period:
यो समयावधिभित्र मात्र तपाईंले नीलामीमा बिड (bid) गर्न सक्नुहुन्छ।
नेपाल इन्स्योरेन्स कम्पनीको उदाहरण अनुसार, लिलामी २०८२/०४/२७ गतेदेखि २०८२/०५/०६ गतेसम्म खुला रहनेछ।
२. Issue Manager:
शेयर नीलामी व्यवस्थापन गर्ने कम्पनीलाई Issue Manager भनिन्छ।
नेपाल इन्स्योरेन्स कम्पनीको लिलामीको लागि NIMB Ace Capital Limited (लाजिम्पाट, काठमाडौं) Issue Manager हो।
३. Place To Purchase and Submit the Auction Form:
लिलामी फारम कहाँ किन्न र बुझाउन सकिन्छ भन्ने जानकारी सूचना (notice) मा दिइएको हुन्छ।
नेपाल इन्स्योरेन्स कम्पनीको नीलामी फारम तपाईंले NIMB Ace Capital Ltd. तथा यसका शाखा कार्यालयहरू (पोखरा, बुटवल, वीरगञ्ज, विराटनगर) मा पाउन सक्नुहुन्छ र त्यहीँ बुझाउन पनि सक्नुहुन्छ।
४. Number of Auctioned Shares:
कम्पनीले कति शेयर नीलामीमा राखेको छ भन्ने कुरा पनि महत्त्वपूर्ण हुन्छ।
नेपाल इन्स्योरेन्स कम्पनीको उदाहरण अनुसार:
• संस्थापक समूह (Promoter Group): ४,४६४.७ कित्ता
• सर्वसाधारण समूह (Public Group): १,९२,४७४ कित्ता
५. Minimum Price And Quantity:
• न्यूनतम मूल्य प्रति शेयर रु. १०० तोकिएको छ।
• न्यूनतम कित्ता सूचना (notice) मा खुलाइएको छैन, तर सामान्यतया १०० कित्ता आवेदन गर्नुपर्ने हुन्छ।
यसभन्दा कम शेयर वा कम मूल्यमा आवेदन गरेमा फारम अमान्य हुन्छ।
६. Deposit In Bank Account / Cheque:
फारम भरेपछि तपाईंले तोकेको खाता नम्बर मा रकम जम्मा गर्नुपर्छ वा ‘Good for Payment’ Cheque पेश गर्नुपर्छ।
उदाहरणका लागि, यदि तपाईं १०० शेयर प्रति शेयर रु. ५०० मा बिड गर्न चाहनुहुन्छ भने, जम्मा गर्नुपर्ने रकम = १०० × ५०० = रु. ५०,००० हुन्छ।
७. Other Information:
• फारममा Demat Number लेख्न अनिवार्य हुन्छ।
• लिफाफामा “Auction of Shares” भनेर प्रष्ट लेख्नुपर्छ।
• अधुरो वा नियम विपरीत आवेदन मान्य हुने छैन।
• थप जानकारीका लागि कम्पनीले तोकेको राष्ट्रिय दैनिक (जस्तै: नागरिक वा आर्थिक अभियान) मा प्रकाशित विवरण हेर्न सकिन्छ।
यसरी हेर्दा, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बाँकी रहेका हकप्रद शेयरहरू संस्थापक र सर्वसाधारण दुवै समूहमा नीलामीमार्फत बिक्री गर्ने व्यवस्था गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
म खलनायक बनेर इतिहासको पानामा हराउन चाहान्न- प्रचण्ड
-
गृहमन्त्री अर्यालले गरे भक्तपुरका दुई निर्वाचन कार्यालयको अनुगमन
-
उदयपुर सिमेण्टका तत्कालिन महाप्रबन्धकसहित ८ जनाविरुद्ध मुद्धा दायर
-
नेपाली कांग्रेसमा अब कुनै गुट छैन, पार्टीको जिम्मेवारी युवाको काँधमा: शुक्रराज शर्मा
-
नागढुङ्गा–मलेखु सडक विस्तारमा ढिलाइ : तीन वर्षमा ३७ प्रतिशत मात्रै काम, ६ महिना म्याद थप
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।