- मेक्सिकोको मेक्सिको सिटी विश्वकै सबैभन्दा बढी ट्राफिक जाम हुने शहर बनेको छ ।
- टमटम ट्राफिक इन्डेक्सले सार्बजनिक गरेको सूचकांकमा मेक्सिको सिटीको औसत ट्राफिक जामको स्तर ७५.९ प्रतिशत रहेको छ ।
काठमाण्डौ, ९ माघ । मेक्सिकोको मेक्सिको सिटी विश्वकै सबैभन्दा बढी ट्राफिक जाम हुने शहर बनेको छ ।
टमटम ट्राफिक इन्डेक्सले सार्बजनिक गरेको सूचकांकमा मेक्सिको सिटीको औसत ट्राफिक जामको स्तर ७५.९ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा ३.६ प्रतिशतले घटेको हो । मेक्सिको सिटीमा ४.४ किमी पर औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । मेक्सिको सिटीमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १८४ घण्टा समय बिताउने गर्दछन् ।
यस सूचीमा भारतको बैंगलुरु शहर दोस्रो स्थानमा छ । बैंगलुरुको औसत ट्राफिक जामको स्तर ७४.४ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा १.७ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ४.२ किमी पर औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै बैंगलुरुमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १६८ घण्टा समय बिताउने गर्दछन् ।
त्यसैगरी यस सूचीको तेस्रो स्थानमा आयरल्याण्डको डब्लिन शहर रहेको छ । डब्लिनको औसत ट्राफिक जामको स्तर ७२.९ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा १.७ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ४.४ किमी पार गर्न औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै डब्लिनमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १९१ घण्टा समय बिताउने गर्दछन् ।
यस सूचीको चौथो स्थानमा पोल्याण्डको लोडज शहर रहेको छ । लोडजको औसत ट्राफिक जामको स्तर ७२.८ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा १.१ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ५.६ किमी पार गर्न औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै लोडजमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १३५ घण्टा समय बिताउने गर्दछन् ।
यस सूचीमा पाँचौं स्थानमा भारतको पुणे शहर रहेको छ । पुणेको औसत ट्राफिक जामको स्तर ७१.१ प्रतिशत रहेको छ । यो २०२४ को तुलनामा ५.४ प्रतिशतले बढी हो । त्यस्तै यहाँ ४.५ किमी पार गर्न औसत समय १५ मिनेट समय लाग्ने उल्लेख छ । त्यस्तै पुणेमा एक बर्षमा मानिसहरुले ट्राफिक जाममा औसत १५२ घण्टा समय बिताउने गर्दछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
म खलनायक बनेर इतिहासको पानामा हराउन चाहान्न- प्रचण्ड
-
गृहमन्त्री अर्यालले गरे भक्तपुरका दुई निर्वाचन कार्यालयको अनुगमन
-
उदयपुर सिमेण्टका तत्कालिन महाप्रबन्धकसहित ८ जनाविरुद्ध मुद्धा दायर
-
नेपाली कांग्रेसमा अब कुनै गुट छैन, पार्टीको जिम्मेवारी युवाको काँधमा: शुक्रराज शर्मा
-
नागढुङ्गा–मलेखु सडक विस्तारमा ढिलाइ : तीन वर्षमा ३७ प्रतिशत मात्रै काम, ६ महिना म्याद थप
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।