उदयपुर सिमेण्टका तत्कालिन महाप्रबन्धकसहित ८ जनाविरुद्ध मुद्धा दायर
२०८२ माघ १८ आइतवार
- त्यस्तै तत्कालिन निमित्त महाप्रवन्धक महेश प्रसाद काफ्लेविरुद्ध १२ करोड ६३ लाख ६९ हजार १६८ बिगो माग गरेको छ ।
काठमाडौँ: उदयपुर सिमेण्ट उद्योगका तत्कालीन महाप्रवन्धक सुरेन्द्र कुमार पौडेलसमेत ८ जनाविरुद्ध मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगमा क्लिङ्करको बढी खपत देखाएर ४६ करोड ५२ लाख ७४ हजार ४२६ अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।
अख्तियारले उद्योगका तत्कालीन महाप्रवन्धक सुरेन्द्र कुमार पौडेलविरुद्ध १२ करोड ४७ लाख २२ हजार २४२ बिगो माग गरेको छ । त्यस्तै तत्कालिन निमित्त महाप्रवन्धक नवल किशोर साहविरुद्ध ४६ करोड ५२ लाख ७४ हजार ४२६ बिगो माग गरेको छ ।
त्यस्तै तत्कालिन निमित्त महाप्रवन्धक महेश प्रसाद काफ्लेविरुद्ध १२ करोड ६३ लाख ६९ हजार १६८ बिगो माग गरेको छ ।
त्यसैगरी तत्कालीन उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, तत्कालीन भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, तत्कालीन कलिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, तत्कालीन सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी र तत्कालीन बिक्री विभाग प्रमुख राम बहादुर जीसीविरुद्ध ४६ करोड ५२ लाख ७४ हजार ४२६ बिगो माग गरेको छ ।
अख्तियारले बिगो बमोजिमको जरिवाना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगोसहित कानुन अनुसार कारवाहीको माग गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
म खलनायक बनेर इतिहासको पानामा हराउन चाहान्न- प्रचण्ड
-
गृहमन्त्री अर्यालले गरे भक्तपुरका दुई निर्वाचन कार्यालयको अनुगमन
-
उदयपुर सिमेण्टका तत्कालिन महाप्रबन्धकसहित ८ जनाविरुद्ध मुद्धा दायर
-
नेपाली कांग्रेसमा अब कुनै गुट छैन, पार्टीको जिम्मेवारी युवाको काँधमा: शुक्रराज शर्मा
-
नागढुङ्गा–मलेखु सडक विस्तारमा ढिलाइ : तीन वर्षमा ३७ प्रतिशत मात्रै काम, ६ महिना म्याद थप
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।