नैतिकताको कसीमा ३ मेयर र ३ मन्त्री

२०८२ माघ ०५ सोमवार
सारांश
  • ५ वर्षका लागि निर्वाचित भएका उनीहरू आफ्नो मतदातासँग गरेको वाचा र उनीहरूले प्रकट गरेको मतको अवमुल्यन गर्दै आफ्नो जिम्मेवारीलाई तिलाञ्जली दिदै निर्वाचनमा होमिएका छन्।

जेनजी बिद्रोहको राप र तापबाट जन्मिएको नागरिक सरकार अर्थात प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको बर्तमान सरकार। समयमा निष्पक्ष निर्वाचन सम्पन्न गर्ने र सत्ता हस्तान्तरण गर्ने यो सरकारको मुख्य म्याण्डेट थियो। तर, देशको विषम परिस्थितिमा छानिएका जेनजी सरकारका मन्त्रीहरूले न त पदीय मर्यादा राख्न सके, न त जनआकाङ्क्षा नै पूरा गर्न सके। उल्टै, नैतिकताको कसीमा उनीहरू नराम्ररी चुकेका छन्।

 

'म.. मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य, निष्ठापूर्वक प्रतिज्ञा गर्छु…... ............ पदको जिम्मेवारी, कसैको डर नमानी, पक्षपात
नगरी, …... ............ इमान्दारीका साथ पालना गर्नेछु ।’

 

राष्ट्रपतिसँग सफथ लिदा बोलेका यी शब्दहरूलाई मजाकको रुपमा परिणत गरिदिएका छन तिनजना मन्त्रीहरूले जसले नैतिकता र बफादारीपुर्वक काम गर्नुपर्ने आवश्यक ठानेनन।  

 

यस्तै प्रतिज्ञा र सफथको अपमान केवल ३ मन्त्रीहरूले मात्रै गरेनन, देशका ३ मेयरहरूले पनि गरेका छन। ५ वर्षका लागि निर्वाचित भएका उनीहरू आफ्नो मतदातासँग गरेको वाचा र उनीहरूले प्रकट गरेको मतको अवमुल्यन गर्दै आफ्नो जिम्मेवारीलाई तिलाञ्जली दिदै निर्वाचनमा होमिएका छन्।  

 

युवा पुस्ताले अत्याधिक विश्वास गरेका र लोकप्रियताको छवि बनाएका मन्त्रीहरूले जनभरोसामाथि ठूलो विश्वासघात गरेका छन्। गैरदलीय र तटस्थ भनिएको नागरिक सरकारका मन्त्रीहरू सफलतापुर्वक देशमा निर्वाचन सम्पन्न गर्ने काममा लाग्नुपर्नेमा, राजनीतिक दलको नेता र कार्यकर्ता बन्दै चुनावमा होमिदा जनभावनाको घोर अपमान भएको छ।  

 

ऊर्जा मन्त्री कुलमान घिसिङले आफ्नै दल 'उज्यालो नेपाल पार्टी' खोलेर निर्वाचनको तयारीमा लाग्दै गत पुष २३ गते नै पदबाट राजीनामा दिइसकेका छन्। युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र संचारमन्त्री जगदीश खरेलले पनि आज पदबाट राजिनामा दिएका छन्। उनीहरू दुवै जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेर चुनावी मैदानमा उत्रने चर्चा छ।  

 

त्यस्तै २०७९ मा 'घरआँगनको सरकार' बनेर सेवा गर्ने बाचा गरेका बालेन साह, रेणु दाहाल र हर्क सम्पांङ  पनि अहिले जनमतको अपमान गर्दै संसदीय राजनीतिको मोहमा फसेका छन्। मेयर बालेन र हर्क सम्पांङ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सांसद बन्ने दौडमा सहभागी हुन उनीहरूले कार्यकालको दुई वर्ष बाँकी छँदै राजीनामा दिएर यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त भैसकेका छन्।

 

काठमाडौँका मेयर बालेन साहले आइतबार उपमेयर सुनिता डङ्गोललाई राजीनामा बुझाइसकेका छन् र रास्वपाको वरिष्ठ नेताका रूपमा पदभार ग्रहण गरेका छन्। उनी अब झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा छन्। उता, धरानका हर्क साम्पाङ आफैँ पार्टी अध्यक्ष बनेर प्रधानमन्त्री बन्ने घोषणा गर्दै हिँडिरहेका छन् भने रेणु दाहालको लक्ष्य पनि अब संघीय संसदतिरै सोझिएको छ। उनले मंगलवार (माघ ६ गते) राजिनामा दिने तयारी गरेकी छिन।  

 

स्वतन्त्र उमेद्वार बनेर जनताको ठूलो आशा जितेका मेयरहरू हुन् वा लोकप्रियताको जगमा बनेका मन्त्रीहरू हुन्—उनीहरूले आफ्नो मर्यादित पदलाई थप शक्ति र सत्ता प्राप्तिको भर्‍याङ मात्र बनाउँदा ‘राजनीतिमा नैतिकताको खडेरी’ परेको प्रष्ट भएको छ।

 

देशको संकटकालीन घडिमा दिईएको पदिय जिम्मेवारीको अपमान गर्ने ३ जना मन्त्री र जनमतको अपमान गर्ने ३ जना मेयर, यो उनीहरूको अपरिपक्वता मात्र होइन, यो जनमत र जनविश्वासको घोर अपमान हो। यसको जवाफ आगामी निर्वाचनमा जनताले पक्कै खोज्नेछन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास

लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।

थप लेखहरु