बालेनसँग चुनावी अभियानमा अछाम पुगेका पत्रकार दिनेश सिटौलाको निधन

२०८२ माघ १८ आइतवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला अछाम पुगेका थिए ।

काठमाडौं: पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ । ब्रेन ह्यामरेजबाट पीडित भएका उनको आइतबार निधन भएको हो ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानका क्रममा उनको टोलीमा रहेर सिटौला अछाम पुगेका थिए । अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि सिटौलालाई शुक्रबार काठमाडौं ल्याइएको थियो ।

 

ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा चिकित्सकले आज मृत घोषणा गरेका हुन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ । चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष रहेका सिटौलाले सयौं नेपाली चलचित्रहरुको प्रमोसनमा काम गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास

लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।

थप समाचार