सुन तोलाको १८ हजार ८ सयले र चाँदी १५ सय ६५ ले घट्यो

२०८२ माघ १८ आइतवार
सारांश
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको १८ हजार ८ सयले घटेर तोलाको ३ लाखमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार भएको थियो ।

काठमाडौं : नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको १८ हजार ८ सयले घटेर तोलाको ३ लाखमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार भएको थियो ।

 

यस्तै, आज चाँदीको मूल्यमा पनि ठुलो गिरावट आएको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ सय ६५ रुपैयाँले घटेर तोलाको ५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास

लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।

थप समाचार