- जुम्लाको चन्दननाथ नगरपालिका–५ की शाही यसअघि कांग्रेसमै सक्रिय राजनीति गरिरहेकी थिइन् ।
सुर्खेत: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाकी उपसभापति तारा शाहीको नेपाली कांग्रेसमा फर्किएकी छन् । शाही आइतबार कांग्रेसमै फर्किएकी हुन् ।
शाहीलाई कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेकी छन् ।
जुम्लाको चन्दननाथ नगरपालिका–५ की शाही यसअघि कांग्रेसमै सक्रिय राजनीति गरिरहेकी थिइन् ।
वैकल्पिक राजनीतिको नारासहित रास्वपामा प्रवेश गरेकी उनले केही समयमै जिल्ला उपसभापति भएकी थिइन् । तर अपेक्षित राजनीतिक अभ्यास, स्थानीय एजेन्डामा स्पष्टता र संगठनात्मक स्थायित्व नदेखिएको भन्दै उनी पुन: काँग्रेस फर्किएको बताएकी छन् ।
जुम्लामा गत निर्वाचनमा राप्रपाका ज्ञानेन्द्र शाही विजयी भएका थिए भने उनी यस पटक पनि उम्मेदवार बनेका छन् । यस पटक एमालेबाट शान्ति लाल महत, नेपाली काँग्रेसबाट दिप बहादुर शाही, नेकपाबाट नरेश भण्डारी र रास्वपाबाट विनिता कठायत उम्मेदवार बनेका छन् । जुम्लामा यस चुनावमा दल र स्वतन्त्र गरेर १० उम्मेदवार रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।