बलिवुडको इतिहासमा सबैभन्दा बढी कमाई गर्ने फिल्म बन्यो धुरन्धर

२०८२ पुष २३ गते बुधवार
सारांश
  • यस सूचीमा शाहरुख खानको जवान ६४३.८७ करोडसहित तेस्रो, स्त्री-२ ६२७.०२ करोडसहित चौथो र छावा ६००.१० करोडसहित पाँचौं स्थानमा रहेको छ ।

काठमाडौँ: बलिवुड अभिनेता रणवीर सिंहको फिल्म धुरन्धर बलिवुडको इतिहासमा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेर नयाँ इतिहास बनाएको छ ।

 

फिल्म रिलिजको पाँचौं सातामा कुल ८३१.४० करोड कमाई गरेर बलिवुड इतिहासमा एक भाषामा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको हो । धुरन्धरले यसअघि पुष्पा-२ को ८३०.१० करोडको किर्तिमानलाई तोडेर शिर्ष स्थानमा उक्लिएको हो ।

 

यस सूचीमा शाहरुख खानको जवान ६४३.८७ करोडसहित तेस्रो, स्त्री-२ ६२७.०२ करोडसहित चौथो र छावा ६००.१० करोडसहित पाँचौं स्थानमा रहेको छ ।

 

बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले रिलिजको पाँचौं साताको पाँच दिनमा ४६.९ करोड कमाई गरेको छ । यसअघि चौथो सातामा मात्र ११५.७० करोड कमाई गरेको थियो भने पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको थियो । त्यस्तै दोस्रो सातामा २६१.५० करोड कमाई गरेको थियो भने तेस्रो सातामा फिल्मले १८९.३० करोड कमाई गरेको थियो ।

 

फिल्म धुरन्धर डिसेम्बर ५ मा रिलिज भएको थियो । यो फिल्म २०२५ को सबैभन्दा ठूलो फिल्म साबित भएपछि, धुरन्धरको दोस्रो भाग मार्चमा रिलिज हुने तय भएको छ । फिल्मको दोस्रो भाग १९ मार्च २०२६ मा रिलिज हुने घोषणा गरिएको छ । यसको बक्स अफिसमा यश र कियारा आडवाणी अभिनित फिल्म टक्सिकसँग भिडन्त हुने भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास

लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।

थप समाचार