बादलले संसदमा बोलेका कुन कुन शब्द रेकर्डबाट हटे ?

३० बैसाख, २०८३, बुधवार
सारांश
  • सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकले थापाले मंगलबार संसद्मा सम्बोधन गर्ने क्रममा बोलेका असंसदीय शब्द रेकर्डबाट हटाइएको  जानकारी दिएका हुन् ।

काठमाडौं: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले प्रतिनिधि सभामा मंगलबार बोलेका तीन वटा शब्दहरू संसदीय रेकर्डबाट हटेको छ ।

 

सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकले थापाले मंगलबार संसद्मा सम्बोधन गर्ने क्रममा बोलेका असंसदीय शब्द रेकर्डबाट हटाइएको  जानकारी दिएका हुन् ।

 

सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत बादलले बोलेका विषयहरू संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रूलिङ गरेका हुन् ।

 

सभामुखले अर्यालले थापाले संसदमा बोलेका शब्दहरू- ‘ सभालाई अराजकहरूको भिड, राष्ट्रिय झण्डा ओढेर देश जलाउनेहरू र नेपाली सेना मुकदर्शक’ भन्ने शब्द हटाइएको जानकारी गराएका छन् । 

 

बादलले मंगलबारको आफ्नो सम्वोधनमा नेपाली सेनाको भूमिका माथि प्रश्न गर्दै देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूकदर्शक बन्यो ? लिपुलेकमा अतिक्रमण हुँदा बेखबर सेनाले सुकुमवासी बस्तीमा किन परेड खेल्दैछ ? भन्ने जस्ता प्रश्न गरेका थिए । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार