- मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।
सन् १९७९ को ईरानी इस्लामिक क्रान्ति भनेको शाह मोहम्मद रेजा पहलावीको एकाधिकारवादी शासन, द्रुत आधुनिककरण, र पश्चिमी शक्तिसँगको नजिकको सम्बन्ध प्रति व्यापक असन्तोषबाट जन्मिएको थियो भनेर भनिन्छ । शाहको ह्वाइट रिभोल्युसनले आर्थिक र सामाजिक परिवर्तनहरू ल्याए पनि, यसले असमानता बढायो, परम्परागत संरचनालाई विघटन ग¥यो, र धार्मिक नेताहरू, बौद्धिक व्यक्तिहरू, मजदूरहरू र विद्यार्थीहरूबीच रिस र असन्तोष सिर्जना गरेको जानकारहरु बताउछन् । खुफिया प्रहरीेले (साभाक) गरेको राजनीतिक दमनले विरोधको भावनलाई अझ बलियो बनायो ।
सन् १९७८ सम्ममा, देशभरमा सामूहिक प्रदर्शन, हडताल, र हिंसात्मक दमनको चक्रले व्यापक विस्तार पायो । फलस्वरुप निर्वासित धर्मगुरु आयातुल्लाह रुहोल्लाह खुमैनी प्रतिरोधको एकीकृत प्रतीकको रूपमा उभिए । अन्ततः शाहले जनवरी १९७९ मा ईरान छाडे, र खुमैनी त्यसै वर्षको फेब्रुअरीमा व्यापक जनसमर्थन सहित फर्किए । यो सम्पूर्ण घट्नामा सेनाको प्रभावकारीता निष्प्रभावी भयो । यसले राजतन्त्रको पतनको बाटो तयार ग¥यो । यद्यपि क्रान्तिले सुरुमा विविध राजनीतिक समूहहरूलाई पनि समेटेको थियो । तर सत्तामा आएको केही समय पछिनै खुमैनी र उनका समर्थकहरूले छिट्टै शक्ति केन्द्रित गरे । मार्च १९७९ मा भएको जनमतसंग्रहले धर्मनिरपेक्ष र बामपन्थी समूहहरूलाई बाहिर राख्दै इस्लामिक गणतन्त्रको स्थापना गर्न व्यापक रूपमा समर्थन ग¥यो ।
यो घट्नाक्रम पछि बनेको नयाँ संविधानले सर्वोच्च नेतामा अन्तिम अधिकार राख्यो । यो संविधान अनुसार धार्मिक न्यायाधीशको संरक्षकत्वको सिद्धान्तअनुसार धार्मिक अधिकारमा आधारित शासनको स्थापना ग¥यो । यसरी, क्रान्तिले मात्र शाहको पतन गराएन । यो क्रान्तिले राजतन्त्रलाई धार्मिक अधिकारमा आधारित प्रणालीले प्रतिस्थापन ग¥यो । ईरानको राजनीति र समाजमा एउटा फरक युगको सुरुवात गर्यो ।
इरान भित्रको प्रमुख समुहरु
यसरी धार्मिक सवोच्च नेताको व्यवस्थामा इरानलाई परिणत गराएपछि त्यहाँ विभिन्न विचारधाराहरुका समुहरु देखापर्दै गए । जसको आफ्नै विचारधारा, नीति दृष्टिकोण र शासनमा प्रभाव अहिले इरानमा छ । पहिलो भनेको परम्परावादी वा प्रिन्सिपलिस्टहरू समुहरु हुन् । जसमा अतिवादीहरु पनि समावेश छन् । इस्लामिक गणराज्यका मूल सिद्धान्तहरू सुरक्षित राख्न, धार्मिक मान्यताहरू कायम राख्न र धार्मिक संस्थाहरूको अधिकारलाई बलियो बनाउन जोड यो विचारधाराका व्यक्तिहरुले इरानमा दिन्छन् । आर्थिक रूपमा, उनीहरू राज्य–केन्द्रित वा नियन्त्रणमा रहेका क्षेत्रहरूलाई प्राथमिकता दिन्छन् । सामाजिक सहयोग कायम राख्छन् र घरेलु बजारको सुरक्षा गर्छन् । उनीहरुको विचारमा राज्यको सुरक्षा संस्थाहरूमा निर्भर रहन्छ, र पश्चिमसँगको संलग्नतामा शंका राख्नुपर्छ र बाह्य दबाबको प्रतिरोधमा गर्नुपर्छ भन्ने विचार परम्परावादी वा प्रिन्सिपलिस्टहरूको छ ।
इरानमा मध्यमार्गी वा व्यवहारमुखी सिद्धान्त बोक्ने मानिसहरु इस्लामिक गणराज्यका सिद्धान्तहरू स्वीकार्छन् तर सामाजिक–आर्थिक नीतिमा लचकता अपनाउँछन् । उनीहरू प्रायोगिक शासन, बजारसँगको संलग्नता र क्रमिक सुधारलाई प्राथमिकता दिन्छन् । उनीहरु स्थिरता र सहमति खोज्छन् । विदेश नीतिमा उनीहरू यदि अर्थतन्त्रलाई लाभ पु¥याउँछ भने कूटनीतिक संलग्नतामा विश्वास गर्छन् । उनीहरुलाई अतिवादी र सुधारवादी बीचको स्पष्ट समूहको रूपमा चिनिन्छ ।
सुधारवादी वा इस्लामिक लिबरलहरू राजनीतिक सुधार र बढी राजनीतिक सहभागिताको वकालत गर्छन् । उनीहरु इस्लामिक ढाँचाभित्र नागरिक अधिकारको प्रवद्र्धन गर्नुपर्छ भनेर जिकिर गर्छन् । यो समुहका व्यक्तिहरु प्रायः बजार सुधारलाई सामाजिक सुरक्षा सहित समर्थन गर्छन् र परम्परावादी संग तुलना गर्दा राज्यको नियन्त्रण कम चाहन्छन् । साथै उनीहरू नागरिक स्वतन्त्रता, कानूनको शासन, र अन्तर्राष्ट्रिय समुदायसँग पुनः संलग्नताको पक्षमा छन् । यो समूहले संस्थागत सुधार र पारदर्शी शासन प्रवद्र्धनमा केन्द्रीय हुन्छ भनेर मानन्छ ।
उग्रवादी वा कट्टरवादी समूह भने शासन भित्र कडा क्रान्तिकारी सिद्धान्तमा जोड दिन्छन् । प्रायः उनीहरुको विचार अत्यधिक परम्परावादी विचारधारासँग मेल खान्छ । उनीहरूको नीति निजीकरणको विरोध गर्ने र राज्यको भूमिका बलियो बनाउन प्राथमिकता दिन्छन् । उनीहरुको विचारमा असहमतिलाई दमन गरेर क्रान्तिकारी शुद्धता कायम राखिन्छ । यी समूह प्रायः विश्व शक्तिहरूसँग संलग्नतामा पनि विरोधी हुन्छन् ।
अन्ततः वामपन्थी वा राजतन्त्र समर्थकहरू, इस्लामिक गणराज्य प्रणाली बाहिर काम गर्छन् । उनीहरु देश बाहिर प्रवासमा छन् । यो विचारधारा समाजवाद, स्वतन्त्र बजार तथा राजतन्त्रसम्मको आवश्यकताको चर्चा गर्छ । यो समुहको विचार भनेको लोकतान्त्रिक वा धर्मनिरपेक्ष शासनमा केन्द्रित छ । प्रायः उनीहरु पश्चिमी वा विश्व समुदायसँग संलग्नतामा विश्वास गर्छन् ।
इस्लामिक रिभोल्युशनरी गार्ड कोप्र्स
इस्लामिक रिभोल्युशनरी गार्ड कोप्र्स जसलाई फारसीमा सेपाह भनिन्छ । यो सन् १९७९ को ईरानी क्रान्तिपछि नयाँ इस्लामिक गणतन्त्र र यसको क्रान्तिकारी आदर्शहरूको सुरक्षा गर्न स्थापना गरिएको थियो । मे १९७९ मा नियमित सेना (आर्टेश) सँग समानान्तर सैन्य बलको रूपमा यो फौजको निर्माण गरिएको थियो । यो फौजले सिधै ईरानको सर्वोच्च नेतासँग सम्पर्कमा रहन्छ तथा प्रतिवेदन पेश गर्छ । यसले समयसँगै आफ्नो भूमिकालाई परम्परागत सैन्य सीमाभन्दा धेरै पर विस्तार गरेको छ । जसमा आन्तरिक सुरक्षा, शासनको संरक्षण, र आर्थिक तथा राजनीतिक गतिविधिहरू पनि समावेश छन् । यसमा विभिन्न शाखाहरू छन्, जस्तै स्थलगत, नौसैनिक, र हवाई बलहरू, बासिज मिलिसिया, र विदेशी अपरेसनमा विशेषज्ञता राख्ने प्रतिष्ठित कुद फोर्स रहेका छन् ।
यद्यपि ईरानी संविधानले आईआरजिसी लाई औपचारिक विदेश नीति निकायको रूपमा तोकेको छैन । तर यसले तेहरानको विदेश नीति निर्माण र कार्यान्वयनमा भूमिका खेल्छ । विशेष गरी क्षेत्रीय सुरक्षा र रणनीतिमा, मुख्य भूमिका यो फौजको रहेको छ । कुद फोर्समार्फत यसले लेबनन, इराक, सिरिया, यमन, र प्यालेस्टाइन क्षेत्रहरूमा सहयोगी समूहहरूलाई प्रशिक्षण, वित्तीय सहायता, उपकरण, र समन्वय प्रदान गर्दछ । जसलाई ईरानले पश्चिमी र इजरायली प्रभावको बिरूद्ध “प्रतिरोध धुरी” अर्थात् एक्सिस अफ रेसिस्टेन्स भनिरहेको छ । प्रॉक्सी र सहयोगी मिलिसियाहरूलाई समर्थन गरेर यो फौजले परम्परागत सेना प्रयोग नगरी ईरानी शक्ति प्रदर्शन गर्छ । क्षेत्रीय प्रतिद्वन्द्वीहरूलाई निरुत्साहित गर्छ, र आफ्नो सुरक्षा हितसँग सम्बन्धित द्वन्द्वको परिणामलाई आकार दिन्छ । सर्वोच्च नेतासँगको नजिकको सम्बन्धले यसलाई विदेश नीतिमा कडा र कट्टर नीतिहरूलाई बल दिने क्षमता दिन्छ । यो फौज एक शक्तिशाली सैन्य, राजनीतिक र आर्थिक संस्था हो । जसले केवल शासनको सुरक्षा मात्र गर्दैन । क्षेत्रीय प्रोक्सी, रणनीतिक गठबन्धन, र मध्यपूर्वमा सुरक्षा अपरेसनमार्फत ईरानको विदेश नीतिमा पनि प्रमुख प्रभाव पार्दछ ।
निष्कर्ष
पछिल्ला वर्षहरूमा, ईरानको संयुक्त राज्य अमेरिका र इजरायलसँगको सम्बन्ध दशकौंको शत्रुता र प्रोक्सी संघर्षपछि खुलेआम सैन्य द्वन्द्वमा परिणत भएको छ । १९७९ को क्रान्ति पछिको ईरानी नीति भनेको इजरायल प्रतिको दुश्मनी र मध्यपूर्वमा आफूले परिचालित गरेको मिलिटेन्ट समूहहरूको समर्थनमा आधारित छ । साथै, मध्यपूर्वमा शुन्नी इस्लामको प्रतिनिधित्व साउदी अरबले गर्छ भने शियाको प्रतिनिधित्व ईरानले गर्छ । त्यसैले सम्पूर्ण इस्लामको संरक्षण र नेतृत्व कसले गर्ने भन्ने द्वन्द्व चरममा पुगेको छ ।
यसै सन्दर्भमा, साउदी अरबको वैचारिक धारमा रहेको कतारले आफ्नो स्वतन्त्र अस्तित्व निर्माण गर्दैछ । कतारले साउदी नेतृत्वको विदेश नीति नलिँई आफ्नै नीति अपनाएको छ । जसको परिणामस्वरुप साउदी अरबबाट कतारमाथि नाकाबन्दी समेत लागेको थियो । कतारले तालिबान, हमास लगायतका संगठनका कार्यालयहरू स्थापना गर्न दिएको पनि संचारमाध्यममा उल्लेख भएको छ । यही कारणले मध्यपूर्व बुझ्न कठिन छ; कुन समूह कहिले निर्माण हुन्छ र कुन समूह कहिले कस्को विरुद्धमा जान्छ भन्ने अनुमान लगाउन गाह्रो हुन्छ ।
अहिलेको पछिल्लो द्वन्द्व पनि इजरायल र ईरानबीचको अस्तित्वगत संघर्ष हो । यसलाई अझ व्यापक रूपमा सभ्यताको लडाई पनि भन्न सकिन्छ । जहाँ यहुदी र शिया–इस्लामबीचको टकराव छ । अर्थात, मध्यपूर्वको इस्लामिक दर्शन भित्र इजरायललाई दुश्मन करार गरिएको छ । साउदी, कतार, युएई लगायतका देश इजरायलसँग प्रत्यक्ष भिडन्तमा छैनन्, तर यीबीच पूर्ण शान्ति पनि छैन । तर इरानसँग भने इजरायलको कडा द्वन्द्व पहिलेदेखि देखिन्थ्यो । किनभने इजरायलको भनाइमा, इरानले आणविक हतियार बनाउँछ, जसले इजरायलको अस्तित्व समाप्त पार्न सक्छ । यही कारणले इजरायलले इरानलाई पराजीत गर्नु आवश्यक छ भन्ने नीति अपनाएको छ ।
यस युद्धमा अमेरिका इजरायललाई व्याकअप दिँदै संलग्न छ, र यसको प्रत्यक्ष प्रभाव हर्मुज नहरमा देखिएको छ । हर्मुज नहरबाट तेल लगायत विभिन्न कच्चा पदार्थ विश्व बजारमा जान्छ । यदि यो नाका अबरुद्ध भयो भने, विश्व अर्थतन्त्र दबाबमा आउँछ ।
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।
त्यसैले नेपाल जस्तो देश, जसको जवानी युवापुस्ताको प्रत्यक्ष रूपमा खाडीमा र अप्रत्यक्ष रूपमा भारतमार्फत इन्धनमा निर्भर छ, आफ्नो वैकल्पिक र दिगो व्यवस्थापन सकेसम्म छिटो सुनिश्चित गर्नु आवश्यक छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।