प्रतिनिधि सभामा विपक्षीको लगातार अवरोध, भोलीसम्मका लागि बैठक स्थगित
३० बैसाख, २०८३, बुधवार
- प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरुले आज बसेको तेस्रो बैठक पनि अवरोध गरेका थिए ।
काठमाडौँ: प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बसेको तेस्रो बैठक पनि विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख डिपी अर्यालले आजको बैठक स्थगित गरेका हुन् ।
प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरुले आज बसेको तेस्रो बैठक पनि अवरोध गरेका थिए ।
उनीहरुले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री उपस्थित भएर सांसदहरुले उठाएका कुरा सुन्नुपर्ने माग राख्दै संसद अवरोध गरेका थिए ।
यसअघि दोस्रो बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममाथिको छलफल शुरु गरियोस भन्ने प्रस्ताव पेश गर्न दिएका थिए । तर त्यसपछि छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने भन्दै बैठक अवरोध गरिएको थियो ।
अब बैठक विहिबार बिहान ११ बजे बस्ने गरि स्थगित गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
आयल निगमका प्रबन्ध निर्देशक डा. भट्टको राजीनामा
-
विद्युत् प्राधिकरणको निमित्त कार्यकारीको जिम्मेवारी श्रेष्ठलाई, सञ्चालक समितिमा दुई सदस्य नियुक्त
-
प्रतिनिधि सभामा विपक्षीको लगातार अवरोध, भोलीसम्मका लागि बैठक स्थगित
-
काँग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन
-
काठमाडौं महानगरको कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाको आवेदन खुला
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।