काँग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

३० बैसाख, २०८३, बुधवार
सारांश
  • सभापति गगन थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका हुन् ।

काठमाडौँ: नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरिएको छ । 

 

सभापति गगन थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेका हुन् ।

 

जस अनुसार काँग्रेसको अनुशासन समितिको संयोजक केन्द्रीय सदस्य तारामान गुरुङ रहेका छन् भने सदस्यहरुमा केन्द्रीय सदस्य धना खतिवडा, केन्द्रीय सदस्य रमेशप्रसाद धमला र केन्द्रीय सदस्य बजरंग नेपाली रहेका छन् ।  

 

यसअघि अनुशासन समितिमा रहेका सदस्य सुवासकुमार पोखरेललाई हटाइएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार