रास्वपाको महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने

३० बैसाख, २०८३, बुधवार
सारांश
  • चितवनमा आगामी असार ७, ८ र ९ गतेसम्म हुने पहिलो महाधिवेशनमा ७७ वटै जिल्लाबाट २५ सय प्रतिनिधि सहभागी हुने केन्द्रीय समितिको बैठकले तय गरेको रास्वपाका नेता प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा २५ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।

 

चितवनमा आगामी असार ७, ८ र ९ गतेसम्म हुने पहिलो महाधिवेशनमा ७७ वटै जिल्लाबाट २५ सय प्रतिनिधि सहभागी हुने केन्द्रीय समितिको बैठकले तय गरेको रास्वपाका नेता प्रकाशचन्द्र परियारले जानकारी दिएका छन् ।

 

त्यस्तै बैठकले सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा विधान संशोधन समिति गठन गरेको छ । 

 

बैठकले वर्तमान केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ । बैठकले ७७ वटै जिल्लामा समन्वयका लागि प्रतिनिधि तोकिएको छ । यस्तै जेठ २६ गते बागमतीको प्रदेश अधिवेशन, जेठ २७ गते कोशी, २८ गते मधेस, २९ गते गण्डकी प्रदेश ३० गते लुम्बिनी प्रदेश, ३१ गते कर्णाली प्रदेश र असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । रास्वपाको जिल्ला अधिवेशन यसअघि नै भइसकेको छ ।

 

त्यस्तै बैठकले सभापतिको उम्मेदवार बन्न ५१ हजार दस्तुर तोकेको छ भने पदाधिकारीलाई ४१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार उम्मेदवारी शुल्क तोकेको छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ सालको असार ७ गते घोषणा भएको थियो । निर्वाचन आयोगमा भने असार १७ गते दर्ता भएको थियो । स्थापनाकालदेखि रवि लामिछाने रास्वपाको सभापतिमा रहेका छन् । हाल बालेन्द्र शाह वरिष्ठ नेता, डा.स्वर्णिम वाग्ले उपसभापति, कविन्द्र बुर्लाकोटी महामन्त्री, भूपदेव शाह महामन्त्री, विपिनकुमार आचार्य सहमहामन्त्री, लिमा अधिकारी कोषाध्यक्ष, वसुमाया तामाङ्ग सहकोषाध्यक्ष रहेका छन् । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार