प्रतिनिधि सभामा विपक्षीको लगातार अवरोध, भोलीसम्मका लागि बैठक स्थगित

३० बैसाख, २०८३, बुधवार
सारांश
  • प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरुले आज बसेको तेस्रो बैठक पनि अवरोध गरेका थिए ।

काठमाडौँ: प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बसेको तेस्रो बैठक पनि विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख डिपी अर्यालले आजको बैठक स्थगित गरेका हुन् ।

 

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरुले आज बसेको तेस्रो बैठक पनि अवरोध गरेका थिए ।

 

उनीहरुले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री  उपस्थित भएर सांसदहरुले उठाएका कुरा सुन्नुपर्ने माग राख्दै संसद अवरोध गरेका थिए ।

 

यसअघि दोस्रो बैठकमा विपक्षी दलहरुले प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई  नीति तथा कार्यक्रममाथिको छलफल शुरु गरियोस भन्ने प्रस्ताव पेश गर्न दिएका थिए । तर त्यसपछि छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने भन्दै बैठक अवरोध गरिएको थियो ।

 

अब बैठक विहिबार बिहान ११ बजे बस्ने गरि स्थगित गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार