६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’

२०८३ वैशाख ०१ मङ्गलवार
सारांश
  • प्रतिवद्धतापत्रमा ऊर्जातर्फ आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, किसानलाई क्रेडिट कार्ड र पेन्सनको व्यवस्था गर्ने र पर्यटनमा ‘सफा हिमाल’ अभियान चलाउने उल्लेख छ।

बालेन्द्र शाहको नेतृत्वमा गठित वर्तमान सरकारले ६ वटा राष्ट्रिय दलका घोषणापत्रहरूलाई एकीकृत गर्दै ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक गरेको छ। 

 

भदौको ‘जेन–जी’ आन्दोलन र फागुन २१ को सत्ता परिवर्तनपछि तयार पारिएको यो साझा दस्तावेजले आगामी आर्थिक वर्ष २०८३/८४ देखिको सरकारी नीति र बजेटलाई निर्देशित गर्नेछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसको प्रत्यक्ष अनुगमन गर्ने गरी ल्याइएको यस प्रतिवद्धतामा आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर पुर्‍याउने र १५ लाख नयाँ रोजगारी सिर्जना गर्ने महत्त्वाकांक्षी लक्ष्य राखिएको छ।

 

प्रतिवद्धतापत्रमा ऊर्जातर्फ आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने, किसानलाई क्रेडिट कार्ड र पेन्सनको व्यवस्था गर्ने र पर्यटनमा ‘सफा हिमाल’ अभियान चलाउने उल्लेख छ। 

 

सुशासनका लागि सरकारी सेवामा रहेका दलीय ट्रेड युनियन खारेज गर्ने, सार्वजनिक पदधारीको सम्पत्ति छानबिन गर्ने र मेरिटोक्रेसीका आधारमा नियुक्ति गर्ने जस्ता साहसिक कदमहरू घोषणा गरिएको छ। साथै, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र सहकारी समस्या समाधानलाई १८ वटा प्राथमिकताका क्षेत्रमा समेटिएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?

जुन २४ मा ३९ वर्ष पुग्ने मेसीका लागि यो विश्वकप विशेष महत्वको हुन सक्छ । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक मानिने मेसी सामु यसपटक विश्वकप इतिहासका थुप्रै कीर्तिमान तोड्ने अवसर छ ।

थप समाचार