भारतको तेलंगानातर्फ जादै चक्रवात 'मुरासु', हावाहुरी र भारी वर्षा
१७ कार्तिक, २०८३
- भारतीय मौसम विभागले आँधीको केही हिस्सा अझै आन्ध्र प्रदेशको तटीय क्षेत्रमा सक्रिय रहेकाले विजयवाडासहित विभिन्न जिल्लामा भारी वर्षा भइरहेको उल्लेख गरेको छ । विभागले मंगलबार साँझसम्म तीव्र हावाहुरी र भारी वर्षाको चेतावनी दिएको छ ।
काठमाडौं : भारतको आन्ध्र प्रदेशमा आएको चक्रवाती आँधी मुरासु तेलंगानातर्फ अघि बढेको छ ।
भारतीय मौसम विभागले आँधीको केही हिस्सा अझै आन्ध्र प्रदेशको तटीय क्षेत्रमा सक्रिय रहेकाले विजयवाडासहित विभिन्न जिल्लामा भारी वर्षा भइरहेको उल्लेख गरेको छ । विभागले मंगलबार साँझसम्म तीव्र हावाहुरी र भारी वर्षाको चेतावनी दिएको छ ।
मुरासु सोमबार राति करिब १ बजे आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेको थियो । त्यसक्रममा प्रतिघण्टा १२० किलोमिटरको गतिमा हावा चलेको थियो । मंगलबार बिहान ५: ३० बजेसम्म आँधीको केन्द्रले तटीय क्षेत्र पार गरेको मौसम विभागले जनाएको छ ।
आँधीका कारण हजारौँ रूख ढलेका छन् भने सयौँ विद्युत् खम्बामा क्षति पुगेको छ । डुंगासमेत क्षतिग्रस्त भएका छन् । भारी वर्षाका कारण सडक तथा राजमार्ग डुबानमा पर्दा सवारीसाधन अलपत्र परेका छन् ।
बापट्लामा सबैभन्दा बढी २२२.४ मिलिमिटर वर्षा मापन गरिएको छ। त्यस्तै नरसापुरमा १९८.६, ओङ्गोलमा १२०.२ र मछलीपट्टनममा ८३.९ मिलिमिटर वर्षा भएको छ ।
मौसम विभागले आन्ध्र प्रदेशका तीन जिल्लामा रेड अलर्ट र अन्य जिल्लामा अरेन्ज अलर्ट जारी गरेको छ । आगामी १२ घण्टासम्म दक्षिणी तटीय क्षेत्रमा भारी वर्षा जारी रहने अनुमान गरिएको छ । आँधी उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै मंगलबार दिउँसोसम्म कमजोर भएर चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको विभागले जनाएको छ ।
यसैबीच, माछा मार्ने काममा संलग्नलाई आगामी दुई दिन समुद्रमा नजान चेतावनी दिइएको छ । बापट्लाको सूर्यलंका सडक आसपास आँधीले ढालेका रूख हटाउन राष्ट्रिय विपद् प्रतिकार्य बलका सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाण्डौलाई भ्रष्टाचारका गतिविधिको दृष्टिकोणबाट मात्र नभई जासुसी तथा गुप्तचर गतिविधिको सम्भावित केन्द्रका रूपमा समेत अध्ययन गर्नुपर्छ - अभियान संयोजक सौरभ राज पन्त
-
उत्तर कोरियाले अस्वीकार गर्यो बाइनान्सको क्रिप्टो चोरी
-
रोमाञ्चक खेलमा जनकपुरमाथि विराटनगर २ रनले विजयी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ६५ करोडको कारोबार
-
इरानको केश्म टापुमा अमेरिकी आक्रमण, शृंखलाबद्ध विस्फोट
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।