- पछिल्लो एक सातामा १० भन्दा बढी अमेरिकी सैन्य मालवाहक विमान दक्षिणी इजरायलका सैन्य विमानस्थलमा अवतरण गरेका छन् ।
एजेन्सी, १३ कार्त्तिक । अमेरिकाले पश्चिम एसियामा आफ्नो सैन्य उपस्थिति बढाएपछि इरानमाथि फेरी आक्रमण गर्न सक्ने अड्कलबाजी शुरु भएको छ ।
पछिल्लो एक सातामा १० भन्दा बढी अमेरिकी सैन्य मालवाहक विमान दक्षिणी इजरायलका सैन्य विमानस्थलमा अवतरण गरेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पश्चिम एसियाका अमेरिकी सैन्य कमान्डर एडमिरल ब्राड कुपरसँग ह्वाइट हाउसमा भेट गरेका छन् ।
वाल स्ट्रिट जर्नलका अनुसार भेटमा कुपरले इरानमाथि सम्भावित सैन्य आक्रमणका विकल्पबारे जानकारी गराएका थिए । बैठकमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथ र संयुक्त सैन्य प्रमुखका अध्यक्ष डान केन पनि सहभागी थिए ।
अमेरिकाले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनपछि इरानका ऊर्जा केन्द्र, आणविक केन्द्र तथा क्षेप्यास्त्र र ड्रोन भण्डारलाई लक्षित गरी छोटो तर तीव्र सैन्य कारबाही गर्ने विकल्पबारे छलफल गरिरहेको बताइएको छ ।
अमेरिकाले इजरायलसँगै साउदी अरब, कतार, कुवेत र जोर्डनस्थित आफ्ना सैन्य अखडामा पनि विमान तथा सैन्य सामग्री पठाएको छ । सम्भावित आक्रमणअघि हवाई सुरक्षा बलियो बनाउन अमेरिकाले प्याट्रियट क्षेप्यास्त्र प्रणालीसमेत पश्चिम एसिया पठाइरहेको समाचारमा उल्लेख छ ।
यसैबीच अमेरिका र इरानबीच वार्ता पुनः सुरु गर्ने प्रयास पनि भइरहेको बताइएको छ । इरानले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पत्र प्राप्त गरेको जनाएको छ । तर त्यसको जवाफ दिएको छैन । अर्कोतर्फ, ट्रम्पले उक्त सम्पर्क शान्ति वार्ताका लागि नभई इरानले माग गरेको औषधि तथा अत्यावश्यक सामग्री सहयोगसँग सम्बन्धित रहेको बताएका छन् ।
यसैबीच, होर्मुज जलडमरूमध्य नजिक तीनवटा तेलवाहक जहाजमा विस्फोट भएर आगलागी भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले ती जहाजले अनुमति नलिएको समुद्री मार्ग प्रयोग गरेको र सुरक्षा चेतावनी बेवास्ता गरेको दाबी गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाण्डौलाई भ्रष्टाचारका गतिविधिको दृष्टिकोणबाट मात्र नभई जासुसी तथा गुप्तचर गतिविधिको सम्भावित केन्द्रका रूपमा समेत अध्ययन गर्नुपर्छ - अभियान संयोजक सौरभ राज पन्त
-
उत्तर कोरियाले अस्वीकार गर्यो बाइनान्सको क्रिप्टो चोरी
-
रोमाञ्चक खेलमा जनकपुरमाथि विराटनगर २ रनले विजयी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ६५ करोडको कारोबार
-
इरानको केश्म टापुमा अमेरिकी आक्रमण, शृंखलाबद्ध विस्फोट
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।