नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ६५ करोडको कारोबार

१७ कार्तिक, २०८३
सारांश
  • नेप्सेमा आज वृद्धि भएको छ । आज मङ्गलबार नेप्से ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा पुगेर रोकिएको छ ।

काठमाण्डौ, १७ कार्त्तिक । नेप्सेमा आज वृद्धि भएको छ । आज मङ्गलबार नेप्से ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४९ कम्पनिका एक करोड ५४ लाख २० हजार ९२० कित्ता शेयर ५ अर्ब ६५ करोड ११  लाख ४२ हजार ५२३ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, उत्पादन र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

 

आज, सबैभन्दा बढी शिखर पावरको शेयर ५.९४ प्रतिशतले बढेको छ भने रिभर फल्स पावरको शेयर ५.८० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बेनी हाइड्रोको शेयर ५.०४ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी ग्लोबल आइएमइ बैंकको २३ करोड १४ लाख बराबरको कारोबार भएको छ भने बुटवल पावरको १९ करोड ४४ लाख बराबरको कारोबार भएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार