- जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ । शनिबार राति फ्र्याङ्कफर्टमा प्रदर्शनकारीले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग झडप गरेका छन् ।
काठमाडौं : जर्मनीमा बढ्दो महँगी र सरकारी खर्च कटौतीविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ ।
शनिबार राति फ्र्याङ्कफर्टमा प्रदर्शनकारीले पसलहरूमा लुटपाट गर्नुका साथै प्रहरीसँग झडप गरेका छन् । बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि हिंसात्मक घटना भएका छन् ।
‘जेन्जी रेगेल्ट’ नामक अभियानको आह्वानमा हजारौँ युवाले प्रदर्शन गरेका थिए । उनीहरूले विद्यालयमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, बढ्दो जीवनयापन खर्च नियन्त्रण गर्नुपर्ने, सरकारी खर्च कटौती रोक्नुपर्ने र अनिवार्य सैन्य सेवाको व्यवस्था हटाउनुपर्ने माग गरेका थिए । दिनभर भएका प्रदर्शन अधिकांश शान्तिपूर्ण रहे पनि राति हिंसात्मक बनेका थिए ।
प्रहरीका अनुसार प्रदर्शनकारीले पटाका, ढुङ्गा र बोतल प्रहार गरी सुरक्षाकर्मी तथा आपत्कालीन सेवाका कर्मचारीलाई निशाना बनाएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो ।
फ्र्याङ्कफर्टको मुख्य किनमेल क्षेत्रमा प्रहरीले आवागमनसमेत बन्द गरेको थियो। घटनामा संलग्न केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फ्र्याङ्कफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूका अनुसार प्रदर्शनमा कुल १८ हजारसम्म मानिस सहभागी भएका थिए । अभियानकी प्रवक्ता लिना फ्रेडरिकले प्रदर्शनको उद्देश्य युद्ध र जबर्जस्तीको सट्टा शान्ति तथा स्वतन्त्रताको पक्षमा आवाज उठाउनु रहेको बताएकी छन् । उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने तथा अनिवार्य सैन्य सेवाको भार न्यायोचित रूपमा बाँड्नुपर्ने मागसमेत राखेकी छन् ।
जर्मनीमा भएको प्रदर्शन फ्रान्समा हालै भएका युवाको नेतृत्वका प्रदर्शनपछि भएको हो । फ्रान्समा पनि शनिबार तीन लाख २० हजारभन्दा बढी मानिसले प्रदर्शन गरेका थिए ।
युरोपका विभिन्न देशमा बढ्दो महँगी, सरकारी नीतिप्रति असन्तुष्टि र युवाका समस्या विरोध प्रदर्शनको मुख्य विषय बन्दै गएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाण्डौलाई भ्रष्टाचारका गतिविधिको दृष्टिकोणबाट मात्र नभई जासुसी तथा गुप्तचर गतिविधिको सम्भावित केन्द्रका रूपमा समेत अध्ययन गर्नुपर्छ - अभियान संयोजक सौरभ राज पन्त
-
उत्तर कोरियाले अस्वीकार गर्यो बाइनान्सको क्रिप्टो चोरी
-
रोमाञ्चक खेलमा जनकपुरमाथि विराटनगर २ रनले विजयी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ६५ करोडको कारोबार
-
इरानको केश्म टापुमा अमेरिकी आक्रमण, शृंखलाबद्ध विस्फोट
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।