- उत्तर कोरियाले विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार केन्द्र बाइनान्समा भएको ६ अर्ब डलरभन्दा बढीको चोरीमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।
काठमाण्डौ, १७ कार्त्तिक । उत्तर कोरियाले विश्वकै ठूलो क्रिप्टोकरेन्सी कारोबार केन्द्र बाइनान्समा भएको ६ अर्ब डलरभन्दा बढीको चोरीमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।
अमेरिकी संघीय अनुसन्धान ब्युरोले उत्तर कोरियाली ह्याकरको संलग्नता रहेको दाबी गरेपछि उत्तर कोरियाले त्यसलाई ‘उक्साहटपूर्ण र निराधार आरोप’ भनेको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो जोङले अमेरिकी आरोपलाई बेतुका भन्दै वासिङ्टनले अन्तर्राष्ट्रिय समुदायमा उत्तर कोरियाबारे भ्रम फैलाउन खोजेको बताएकी छन् । उनले साइबर अपराधका घटनामा प्रमाणबिना उत्तर कोरियालाई जोड्ने अमेरिकी व्यवहारको आलोचना गरेकी छन् ।
अमेरिकी अनुसन्धान ब्युरोले बाइनान्समा भएको चोरीमा ट्रेडरट्रेटर नामक ह्याकर समूहको संलग्नता रहेको दाबी गरेको छ । उक्त समूहले यसअघि बाइबिट कारोबार केन्द्रबाट पनि १ अर्ब ५० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको आरोप छ ।
दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार उत्तर कोरियाली ह्याकरहरूले पाँच वर्षमा करिब १ अर्ब १० करोड डलर बराबरको क्रिप्टोकरेन्सी तथा भर्चुअल सम्पत्ति चोरी गरेका थिए । उत्तर कोरियाले भने यस्ता साइबर आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।
यसैबीच, उत्तर कोरियाले हतियार परीक्षणलाई पनि तीव्रता दिएको छ । उसले रणनीतिक क्रुज क्षेप्यास्त्रका लागि नयाँ क्लस्टर वारहेड परीक्षण गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने बाइनान्समा भएको चोरीमा उत्तर कोरियाको संलग्नता पुष्टि भइनसकेको र अनुसन्धान भइरहेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाण्डौलाई भ्रष्टाचारका गतिविधिको दृष्टिकोणबाट मात्र नभई जासुसी तथा गुप्तचर गतिविधिको सम्भावित केन्द्रका रूपमा समेत अध्ययन गर्नुपर्छ - अभियान संयोजक सौरभ राज पन्त
-
उत्तर कोरियाले अस्वीकार गर्यो बाइनान्सको क्रिप्टो चोरी
-
रोमाञ्चक खेलमा जनकपुरमाथि विराटनगर २ रनले विजयी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ६५ करोडको कारोबार
-
इरानको केश्म टापुमा अमेरिकी आक्रमण, शृंखलाबद्ध विस्फोट
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।