- एउटै धर्म भित्रको फरक सम्प्रदायलाई अलग्गै धर्मको रूपमा उभ्याएर दुईवटा धर्म बनाएर अन्ततः त्यही धर्म-धर्म बिचमा अन्तरविरोध बनाएर लडाइँ गराउने काम पञ्जाबमा अंग्रेजले सुरुवात गरेको थियो।
भारतमा सन् १८५७ मा अंग्रेजको उपनिवेश विरुद्धमा भएको सिपाही बिद्रोह पछी अंग्रेजले आफ्नो उपनिवेशलाई दीर्घकालसम्म कायम गरिराख्ने हो भने "फुटाउ र राज गर" भन्ने निति लिनुपर्छ भन्ने रणनीति लिएसंगै त्यसपछिका दिनदेखि सुरु हुन्छ भारतमा धार्मिक सामाजिक बिभाजनको शृंखला।
बहुसंख्यक हिन्दु बाहुल्य भएको भारतमा सबैभन्दा पहिलो तारो हिन्दु बन्न पुग्छ, त्यसको कथाव्यथा अनगिन्ती छ त्यतातिर नलागि झन्डै झन्डै एक डेढ करोड शिख धर्म रहेकोे भारतमा हिन्दुबाट कसरी अलग्याएर अलग्गै एउटा धर्म बनाएर अंग्रेज गएको थियो भनेर सर्सर्ती एकपटक हेरौं !
-सन् १८८२ मा म्याक्स अर्थर म्याक्लिफ (Max Arthur Macauliffe) नाम गरेका एक अंग्रेज अफिसर डेपुटी गभर्नर नियुक्त भएर पञ्जाबमा आउँछ।
पञ्जाबमा आएपछि सबैभन्दा पहिला शिख धर्मको अध्यन गरेर शिख धर्मको गुरु ग्रन्थलाई अंग्रेजीमा अनुवाद गर्ने पहिलो व्यक्ति यिनै बन्छ। यिनैले "The Sikh Religion: Its Gurus, Sacred Writings and Authors" पुस्तक लेखेर सबैभन्दा पहिला "शिख धर्म हिन्दु होइन" भनेर पुस्तक लेखेर पश्चिमी समाजमा प्रचारप्रसार गर्छ र अंग्रेज सरकारमाथि शिख धर्मलाई अलग्याउन दबाब दिने कामगर्छ।
म्याक्स अर्थर म्याक्लि हिन्दु धर्मलाई कतिसम्म घृणा गरेर लेख्थे भने - "हिन्दु धर्म अजिङ्गर जस्तो हो, यो आफ्नो प्रतिद्वन्दीलाई चारैतिर घुमेर त्यसलाई बेर्छ र बिस्तारै त्यसलाई पुरै निल्छ, हिन्दु धर्म त्यस्तै छ र अहिले शिख धर्मलाई बेरेर राखेको छ, यो नयाँ शिख धर्म अहिले आफ्नो अस्तित्वको लागि संघर्षरत छ। यदि शिख धर्मले राज्यसत्ताबाट समर्थन सहयोग गरेन भने यो धर्म पुरै नष्ट भएर जानेछ।" भनेर अंग्रेज सरकारलाई नै धर्म बिभाजनमा उत्रनुपर्ने भनेर लेख्छन्।
म्याक्स अर्थर म्याक्लिफले शिख धर्मलाई हिन्दुबाट अलग्याउन त्यतिबेलाका पढेलेखेका हुनेखाने पञ्जाबी शिखहरुलाई प्रलोभनमा पारेर आफ्नो अभियानमा जोड्छ, त्यसै मध्येका भाइ कानसिंह नाभा नाम गरेका एकजना व्यक्ति थिए र तिनलाई प्रयोग गरेर सन् १८९८ मा पञ्जाबी भाषामा "असीं हिंदू नइं" अर्थात "हामी हिन्दु होइन" शिर्षकमा पुस्तक लेखाउँछ।
जसरी नेपालमा बहुदलीय व्यवस्था आएपछि INGO द्वारा वामपन्थी कार्यकर्ताहरुलाई प्रयोग गरेर यो चाडपर्व हिन्दुको हो हामी हिन्दु होइन भन्ने अभियान चलाउने देखि पुर्वी नेपालबाट "हामी हिन्दु होइनौं मंगोल हौं" भन्दै गोपाल गुरुङलाई प्रयोग गरेको जस्तै त्यहाँ कानसिंह नाभालाई प्रयोग गरेर हिन्दु प्रति घृणा जगाउँदै "हामी हिन्दु होइन" भन्ने पुस्तक लेखाएर उक्त पुस्तकलाई अंग्रेज सरकारले सर्वसाधारण सम्म हात-हातमा पुर्याउने तारतम्य मिलाउने कामगर्छ।
पञ्जाबमा हिन्दुबाट शिख धर्मलाई अलग्याएर लैजान शिख समुदायलाई विश्वासमा पार्नलाई म्याक्स अर्थर म्याक्लिले आफुले इसाई धर्म छोडेर शिख धर्म अंगालेको भनेर विश्वास दिलाएर काम गरेको हुन्छ। ठिक यही काम सन् १८९० मा श्रीलंकामा तामिल हिन्दुसँग बौद्धलाई अलग्याएर दुई समुदाय बिचमा घृणा उत्पन्न गर्न कर्नेल हेनरी स्टिल अलकटले गरेको थियो, उनलेे पनि मैले इसाई धर्म त्यागेर बौद्ध धर्म अंगाले भन्दै अब बौद्ध धर्मलाई शुद्धता बनाउन पर्छ भन्दै हजारौं वर्षदेखि तामिल र सिंहलीले संयुक्तरूपमा मान्दै आइरहेको स्थानीय साझा चाडपर्वहरु जस्तैः पोंगल पर्व, कन्दन पूजा, कोहम्बा कंकारीया पर्व जस्ता चाडपर्वहरु बौद्ध ग्रन्थमा नभएको भन्दै बाहिस्कार गराउन लगाउँछ।
ठिक यसैगरी म्याक्स अर्थर म्याक्लिफले पनि पञ्जाबमा बसेर शिख धर्मलाई सनातन हिन्दुबाट अलग्याउन शिख धर्मको पुजा पद्धतिको नियम समेत नयाँ रुपरेखा कोरेर खालसा पुजा यसरी गर्नुपर्छ, सेनामा भर्ती भएको शिखले सपथ यसरी खानपर्छ भन्दै ससाना साँस्कृतिक आयामहरु पनि लेखेर नयाँ संस्कारको विकास गर्छ।
शिख धर्मलाई शुद्धता गर्ने भन्दै शिख अगुवाहरुलाई अगाडि सारेर सामाजिक आन्दोलन सुरु हुन थाल्छ, आन्दोलनको पर्दा पछाडी त अंग्रेज छँदै थियो यसरी शिख धर्म भित्र "खालसा" सम्प्रदायलाई स्थापित गराउन अकाली आन्दोलन (सन् १९२०–१९४७) गुरुद्वारा सुधार आन्दोलन (१९२५) लामो समयसम्म तथाकथित धार्मिक सुधार आन्दोलन चलायो।
पञ्जाबमा यो आन्दोलनले त्यहाँ रहेकोे गुरुद्वारा (मन्दिर) सबै "खालसा" सम्प्रदायको नियन्त्रणमा पुग्यो। शिख धर्म भित्र रहेकोे अन्य सम्प्रदायहरु जस्तैः उदासी सम्प्रदाय, निर्मला सम्प्रदाय, सेवा पन्थी सम्प्रदायहरु बिस्तारै शिख धर्मको मुल प्रवाहबाट बाहिरियो अथवा धक्का दिएर निकालियो।
यी सम्प्रदायहरु खालसा सम्प्रदाय भन्दा पनि अघि देखिनको पुरानो सम्प्रदाय थियो, उदाहरणका लागि उदासी सम्प्रदाय* शिख धर्मको संस्थापक गुरु नानकको पुत्र श्री चन्द (सन् १४९४–१६४३) द्वारा स्थापना गरेको थियो भने निर्मला सम्प्रदाय गुरु गोविन्द सिंहकै शिष्यहरु द्वारा स्थापना गरेको थियो त्यस्तै अर्को सेवापन्थी सम्प्रदाय गुरु तेग बहादुरको शिष्य भाई कन्हैयाले आरम्भ गरेको थियो।
शिख धर्मलाई शुद्धिकरण गर्ने नाउँमा यी सबै सम्प्रदायहरुलाई हिन्दुवादी भएको, हिन्दु ग्रन्थ वेद उपनिषद् पाठ गर्ने भन्दै जबर्जस्ती हटाएर खालसा सम्प्रदायलाई स्थापित गरियो।
अचम्म त के भने त्यही खालसा सम्प्रदाय शिख गुरु गोविन्द सिंहले सन् १६९९ मा स्थापना गरेको हो। गुरु गोविन्द सिंह नै एक हिन्दु योद्धा हुनुहुन्थ्यो, इस्लामीक अतिक्रमणबाट हिन्दु धर्म जोगाउन भनेर सशस्त्र सैन्य अवधारणा विकास गर्ने उहाँ नै हुनुहुन्थ्यो।
गुरु गोबिन्द सिंहले शिख धर्म "गुरु ग्रंथ साहिब" लाई पुर्णता दिनुभएको थियो र उहाँले लेख्नुभएको अर्को एउटा आत्माकथा छ जसको नाम हो "बचित्तर नाटक" यो आत्माकथामा उहाँले लेखिएको केही पंक्ति हेरौं -
अब मैं अपनी कथा बखानो।
तप साधत जिह बिध मुह आनो॥
हेमकुंड परबत है जहां,
सपतसृंग सोभित है तहां ॥
सपतसृंग तिह नाम कहावा।
पांडराज जह जोग कमावा ॥
तह हम अधिक तपसया साधी।
महाकाल कालका अराधी ॥
इह बिध करत तपसिआ भयो।
द्वै ते एक रूप ह्वै गयो ॥
अर्थात "अब म आफ्नो कथा भन्छु। जहाँ हेमकुंड पर्वत (हेमकुंड साहिब तीर्थ) छ र सात शिखर शोभित छ, सप्तश्रृंग (जसको) नाम हो र जहाँ पाण्डवराजले योग साधना गरेको थियो, त्यहाँ मैले घोर तपस्या गर्यो। महाकाल र कालीको आराधना गरियो। यस विधि बाट तपस्या गर्दागर्दै दुई (द्वैत) बाट एक रूप भएँ, ब्रह्मको साक्षात्कार भएँ।"
उहाँ आफ्नो जीवनको उद्देश्य साधुहरुको परित्राण, दुष्टहरुको विनाश र धर्म रक्षाको लागि हो भन्दै अगाडि लेख्नुहुन्छ -
हम इह काज जगत मो आए।
धरम हेतु गुरुदेव पठाए॥
जहां-जहां तुम धरम बिथारो।
दुसट दोखियनि पकरि पछारो॥
याही काज धरा हम जनमं।
समझ लेहु साधू सब मनमं॥
धरम चलावन संत उबारन।
दुसट सभन को मूल उपारन॥
अर्थात - "हामी यो कार्यका लागि संसारमा आएका हौं। धर्मको रक्षा गर्न गुरुदेवले हामीलाई पठाउनु भयो।
जहाँ-जहाँ तिमीहरूले धर्म फैलाउँछौ,
त्यहाँ-त्यहाँ दुष्ट र पापीहरूलाई पकडेर नष्ट गर।
यही कार्य गर्नका लागि हामी जन्मेका हौं,
साधुहरूले यसलाई मनले बुझून्।
धर्मलाई अघि बढाउन र साधुहरूको रक्षा गर्न,
दुष्टहरूको जरा नै उखेल्न।"
यस्तो वाणी लेख्ने गुरु गोविन्द सिंहले स्थापना गरेको खालसा सम्प्रदायले अरु सम्प्रदायलाई ब्राह्मणवादी भएको, हिन्दुवादी छ्यासमिस भएको, शिख धर्म भनेको अलग्गै धर्म हो भन्दै अंग्रेज कालमा आन्दोलन गरेर गुरुद्वारा प्रायः सबै आफ्नो नियन्त्रणमा लिएर बाँकी सम्प्रदायलाई निशेध गरियो।
सन् १८७१ को पहिलो आधिकारिक जनगणना सम्ममा शिख धर्मलाई अलग्गै गणना गरेको थिएन, हिन्दू धर्मसँग जोडेर गणना गरेको थियो जब उपनिवेशवादी अंग्रेजहरुले भारतमा फुटाउ र राज गर भन्ने रणनीतिक परियोजना चलाएपछि म्याक्स अर्थर म्याक्लिफले शिख धर्म भित्र छिरेर शिख धर्मलाई हिन्दु बाट अलग्याउने अभियान सुरु गरेको केहि समयपछि सन् १९०६ मा आएर शिख धर्मलाई अलग्गै धर्मको रूपमा अंग्रेज सरकारले दर्ता गरेर भारतमा एउटा अलग्गै धर्म जन्मायो।
जुन शिख धर्मको ग्रन्थमा (गुरु ग्रन्थ साहिब) ८००० भन्दा बढी "हरी" शब्दको उच्चारण हुन्छ, जहाँ लेखिएको हुन्छ - हरि सिमरत सब दुख जाही (पृष्ठ: ६१४) (हरि अर्थात विष्णु भगवानको स्मरण गर्दा सबै दुख समाप्त हुन्छ।) जुन गुरु ग्रन्थ साहिबमा भगवान रामको नाम मात्रै २५०० पटक उच्चारणमा आउँछ। "ਰਾਮ ਨਾਮੁ ਉਰਿ ਵਸੈ ਜਿਹ ਸੁਧਿ ਨ ਹੋਇ ਬਿਨਾਸੁ" (पृष्ठ ८०३) "जसको हृदयमा राम नाम बस्छ, उसको शुद्धता कहिल्यै नष्ट हुँदैन।" भनेर भगवान रामनाम जप्ने गर्छन् त्यतिमात्र होइन राम जन्मभूमीमा बनेको बाबरी मस्जिद हटाएर त्यहाँ राम मन्दिर बन्न पर्छ भन्दै सन् १८५८ मा अयोध्याको राम मन्दिरको लागि आन्दोलन गर्ने सबैभन्दा पहिला निहांगा शिखहरुले नै गरेका थिए।
इतिहासमा गएर हेर्ने हो भने शिख धर्म हिन्दु भन्दा अलग्गै धर्म थिएन एउटा पंथ जस्तो मात्रै थियो, त्यो पनि इस्लामी आक्रमणकारीको प्रकोप बढ्दै गएपछि हिन्दु धर्म रक्षार्थ खडा गरेको एउटा सैन्य बटालिन जस्तो थियो।
इस्लामी अतिक्रमणकारी मुगलको बारम्बारको आक्रमण देखि अहमद शाह अब्दालीको आक्रमण भइरहने भएकोले शिख बन्न प्रत्येक हिन्दु परिवारले आफ्नो माइलो छोरालाई शिख धर्ममा दीक्षित गरेर गुरु गोविन्द सिंहको खालसा सेनामा पठाउने परम्परा नै रहेकोे थियो।
यसरी एउटै धर्म भित्रको फरक सम्प्रदायलाई अलग्गै धर्मको रूपमा उभ्याएर दुईवटा धर्म बनाएर अन्ततः त्यही धर्म-धर्म बिचमा अन्तरविरोध बनाएर लडाइँ गराउने काम पञ्जाबमा अंग्रेजले सुरुवात गरेको थियो।
जसको परिणामस्वरूप पञ्जाबमा सन् १९४७ मा भारत-पाकिस्तान विभाजनको क्रममा पञ्जाब क्षेत्रमा व्यापक सांप्रदायिक हिंसा भएको थियो, त्यतिबेला करीब ५० हजार देखि २ लाख शिखहरू मारिएको अनुमान गरेको थियो र लाखौंको संख्यामा शरणार्थी र हजारौं गुरुद्वाराहरू ध्वस्त भएको थियो भने सन् १९८४ देखि १९९५ सम्म उग्रवादी खालिस्तान हिंसामा २५,००० भन्दा बढीको मृत्यु भएको थियो।
हाँसो लाग्दो त के भने हिन्दु देवी देवताको उपसना आउने कुनै पनि शिख ग्रन्थलाई अस्वीकार गर्ने र हिन्दुसँग नजोडिने कुराहरू मात्रै पाठ गर्ने भनेर खालसा कमिटीले निर्णय नै गरेको छ । यहीँबाट बुझौं नियत के हो भनेर धेरै लामो किन लेखुँ ? हाम्रै नेपालमा बौद्ध ग्रन्थमा आउने हिन्दु देवी देवताको उच्चारण हुने पाठ्यसामग्री त लुकाउन थालिसकेको छ पञ्जावको के कुरा गरि राख्नु होइन र ?
(काठमाडौमा रहेकोे शिख धर्मको उदासी सम्प्रदायको एउटा मठ छ, यो सम्प्रदाय गुरु नानकका जेठा छोरा श्रीचन्द (१४९४–१६४३) ले स्थापना गरेको सम्प्रदाय हो, उदासीहरू योग, तपस्या, र वेद-पुराणका शिक्षाहरूलाई मान्ने भएकोले तथाकथित शिख धर्म शुद्ध आन्दोलनले यिनीहरूलाई बाहिस्करणमा (लखेटिएका) सम्प्रदाय हो, अहिले कुंभ स्नानमा जाने शिखहरु यही लखेटिएका उदासी सम्प्रदाय निर्मला सम्प्रदायका शिखहरु हुन।)
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
बदलिदो विश्व परिस्थतिमा नेपालले कस्तो परराष्ट्र नीति अवलम्बन गर्नुपर्छ?
-
गुगल सर्च अब 'पर्सनलाइज' हुने, निजी कुराको पनि दिने छ जवाफ
-
यी हुन् विश्वका सबैभन्दा बढी ट्राफिक जाम हुने पाँच शहर
-
चर्चित निर्वाचन क्षेत्र: झापा–५ को चुनावी गणित, ओलीको गढमा बालेनको चुनौती
-
विनम्र भन्दा रुखो प्रश्न सोध्दा एआईले दियो सहि जवाफ !
विशेष
'उर्जा संकटकाल': २८,५०० मेगावाटको लक्ष्य प्राप्ति र नीतिगत अवरोधहरूको निकास
लगानीकर्ताहरूका लागि अर्को ठुलो समस्या सेबोन र आईपीओ निष्कासनमा देखिएको ढिलासुस्ती हो । अहिले करिब ५० वटा जलविद्युत कम्पनीहरूको आईपीओ पाइपलाइनमा छ । महिनामा एउटा कम्पनीलाई मात्र अनुमति दिने हो भने पनि यी सबैलाई ५० महिना लाग्छ ।