दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो एकआपसमा ठोक्किँदा १४ जना घाइते

२३ जेठ, २०८३, शनिवार
सारांश
  • हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो ठोक्किँदा बोलेरो चालकसहित दुवै सवारीसाधनमा सवार १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

हेटौडा: मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धारा ढोला (खोल्सा) स्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।

 

हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो ठोक्किँदा बोलेरो चालकसहित दुवै सवारीसाधनमा सवार १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

 

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको छ । सबै घाइतेलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । घटनापछि सुमो चालकलाई थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेहरूको परिचय भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार