ओझेलमा ऐतिहासिक सिम्रौनगढ: मधेसकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना
२०८३ वैशाख १४ सोमवार
- ११औँ शताब्दीको गौरवशाली कर्नाटक वंशको राजधानी रहेको यो क्षेत्र अहिले ‘उजाड र असरल्ल’ अवस्थामा छ ।
रौतहट, १४ वैशाख । बाराको मध्य–तराईमा अवस्थित ऐतिहासिक तथा पुरातात्त्विक स्थल सिम्रौनगढ उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । ११औँ शताब्दीको गौरवशाली कर्नाटक वंशको राजधानी रहेको यो क्षेत्र अहिले ‘उजाड र असरल्ल’ अवस्थामा छ ।
सन् १०९७ मा नान्यदेवले सिम्रौनगढलाई मिथिलाको राजधानी बनाएका थिए । नान्यदेवपछि गंगासिंह देव, नरसिंह देव, रामसिंह देव, शक्तिसिंह देव, भूपालसिंह देव र अन्तिम राजा हरिसिंह देवले यहाँ शासन गरे। इतिहासकारहरू यस काललाई मिथिलाको ‘स्वर्णयुग’ मान्छन्, जहाँ कला, साहित्य र संस्कृतिको अभूतपूर्व विकास भएको थियो ।
सिम्रौनगढ कुनै समय मजबुत किल्लाले घेरिएको आधुनिक नगर थियो। यहाँका प्राचीन मूर्ति र वास्तुले विशिष्ट ‘कर्नाट शैली’ को कला झल्काउँछन्। हालैका उत्खननमा ७०० देखि ८०० वर्ष पुराना ऐतिहासिक इँटा र मध्यकालीन सहरी सभ्यताका अवशेषहरू फेला परेका छन्, जसले यसको प्राचीन अवस्थालाई पुष्टि गर्छ ।
यहाँको कङ्काली माई मन्दिर सबैभन्दा प्रसिद्ध धार्मिक गन्तव्य हो । प्राचीन दरबारका अवशेष र जगत् जङ्गले निर्माण गरेको राम मन्दिरले पर्यटकलाई लोभ्याउन सक्छ ।
पुरातात्त्विक सम्पदाको खानी भएकाले यसलाई खुला सङ्ग्रहालयको रूपमा विकास गर्न सकिने देखिन्छ । वीरगन्जबाट करिब २८ किलोमिटरको दूरीमा रहेको यो स्थल ऐतिहासिक रूपमा समृद्ध भए पनि हाल उपेक्षित छ । स्थानीय बासिन्दा दीपेन्द्र जयसवालले भने, ‘यस क्षेत्रलाई व्यवस्थित गर्न सके यो मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ ।’
ऐतिहासिक क्षेत्रको थप उत्खनन्, जीर्णोद्धार र प्रचारप्रसारका लागि स्थानीय र केन्द्रीय सरकारले विशेष ध्यान दिनु आवश्यक देखिन्छ। सम्पदाहरूको संरक्षण हुन सके सिम्रौनगढले नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने निश्चित छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै
-
समस्याग्रस्त तीन सहकारीका २२० बचतकर्ताले पाए रकम
-
ज्ञानेन्द्र शाहीको चुनौती- त्यो अश्लील भिडियो मेरो पुष्टि भए राजनीतिबाट संन्यास लिन्छु
-
पूर्णबहादुर खड्काको गगनलाई आग्रह- पार्टीको सम्पूर्ण एकताको तत्काल पहल गर्नुस्
-
प्रधानमन्त्री शाहसँग भारतीय राजदुत श्रीवास्तवको भेटवार्ता
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।