टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
२०८३ श्रावण ०७ विहिवार
- बेलायतमा लिलामीका लागि राखिएको उक्त पत्रबाट जहाज दुर्घटनाअघि यात्रुको अनुभव र धारणा झल्किएको छ ।
- पत्रको मूल्य ४७ हजार अमेरिकी डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
काठमाण्डौ, ०७ श्रावण । विश्वप्रशिद्ध समुद्री जहाज टाइटानिक डुब्नुअघि एक प्रथम श्रेणीका यात्रुले लेखेको दुर्लभ पत्र ११४ वर्षपछि सार्वजनिक भएको छ । बेलायतमा लिलामीका लागि राखिएको उक्त पत्रबाट जहाज दुर्घटनाअघि यात्रुको अनुभव र धारणा झल्किएको छ । पत्रको मूल्य ४७ हजार अमेरिकी डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ ।
यो पत्र सन् १९१२ को अप्रिलमा टाइटानिकका प्रथम श्रेणीका यात्री कर्नेल आर्चिबाल्ड ग्रेसीले लेखेका थिए । जहाज आयरल्यान्डको क्विन्सटाउन बन्दरगाहमा रोकिएको बेला उनले उक्त पत्र पठाएका थिए । त्यसको चार दिनपछि टाइटानिक उत्तर एटलान्टिक महासागरमा हिमशिलासँग ठोक्किएर डुबेको थियो ।
पत्रमा ग्रेसीले टाइटानिकको प्रशंसा गर्दै जहाज निकै उत्कृष्ट रहेको उल्लेख गरेका छन् । तर यात्रा पूरा नभएसम्म यसको अन्तिम मूल्यांकन नगर्ने पनि उनले लेखेका थिए । उनले पत्रमा, 'यो निकै राम्रो जहाज हो, तर यात्राको अन्त्य नहुँदासम्म यसको बारेमा अन्तिम निर्णय दिन चाहन्नँ,' भन्ने भाव व्यक्त गरेका छन् ।
ग्रेसी टाइटानिक दुर्घटनाबाट जीवित उद्धार गरिएका यात्रुमध्ये एक थिए । जहाज डुब्न थालेपछि उनी पल्टिएको उद्धार डुङ्गामा चढ्न सफल भएका थिए र पछि उद्धार टोलीले सुरक्षित निकालेको थियो । यद्यपि दुर्घटनापछि उनको स्वास्थ्यमा गम्भीर असर परेको थियो र सोही वर्ष उनले ज्यान गुमाएका थिए ।
मृत्युअघि ग्रेसीले टाइटानिक दुर्घटनाबारे प्रत्यक्ष अनुभवमा आधारित विस्तृत विवरण पनि लेखेका थिए, जसलाई आजसम्म दुर्घटनासम्बन्धी सबैभन्दा महत्वपूर्ण दस्तावेजमध्ये एक मानिन्छ । दुर्घटनाबारे कसैलाई जानकारी नभएको अवस्थामा लेखिएको यो पत्र टाइटानिक डुब्नुअघि जहाजबाट पठाइएका अन्तिम व्यक्तिगत सन्देशमध्ये एक भएकाले ऐतिहासिक रूपमा अत्यन्त महत्वपूर्ण मानिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।