स्वदेश फर्किए प्रधानमन्त्री शाह

१० असोज, २०८३, शनिवार
सारांश
  • प्रधानमन्त्री शाहको आगमन बारे परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङ गरेर जानकारी दिएको छ ।

काठमाडौं: प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किँएका छन् । प्रधानमन्त्री शाह आज दिउसो काठमाडौँ आइपुगेका हुन् । 

 

प्रधानमन्त्री शाहको आगमन बारे परराष्ट्र मन्त्रालयले प्रेस ब्रिफिङ गरेर जानकारी दिएको छ । 

 

महासभामा भाग लिन प्रधानमन्त्री शाह मंगलबार साँझ अमेरिका पुगेका थिए। उनले महासभालाई ८ गते सम्बोधन गर्दै नेपालको प्राथमिकता, अन्तर्राष्ट्रिय सहकार्य तथा समसामयिक विषयमा नेपालको धारणा प्रस्तुत गरेका थिए । 

 

महासभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनका कारण सिर्जना भइरहेका संकटको उदाहरणका रूपमा उल्लेख गरेका थिए। उनले हिमाली क्षेत्रमा जलवायुजन्य जोखिम बढ्दै गएको भन्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए ।

 

अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनी गुटरेससँग भेटवार्ता गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार