नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

२०८३ असोज १० शनिवार
सारांश
  • नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका अफ्रिकी एकीकरण, परराष्ट्र मामिला तथा विदेशमा रहेका सेनेगली नागरिकसम्बन्धी मन्त्री शेख नियाङले आज कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

काठमाण्डौ, १० असोज । नेपाल र सेनेगलबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

 

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका अफ्रिकी एकीकरण, परराष्ट्र मामिला तथा विदेशमा रहेका सेनेगली नागरिकसम्बन्धी मन्त्री शेख नियाङले आज कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

 

हस्ताक्षर समारोहअघि भएको संक्षिप्त भेटवार्तामा दुवै मन्त्रीले आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान गरेका थिए । भेटमा नेपालमा हालै भएको विनाशकारी जलवायुजन्य विपत्तिपछिको उद्धार, पुनःस्थापना तथा पुनर्निर्माण प्रयासबारे पनि छलफल भएको थियो ।

 

दुवै मन्त्रीले नेपाल र सेनेगलका जनता तथा दुई देशको साझा प्रगति र समृद्धिका लागि द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

 

सेनेगलसँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएका देशको संख्या १८८ पुगेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

एआईको अत्यधिक प्रयोगले सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर

एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

थप समाचार