- गत बर्षको मार्च महिनामा भन्दा यस बर्षको मार्चमा नेपाल आउने विदेशी पर्यटकको संख्या १ प्रतिशतले घटेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
काठमाण्डौ, १९ चैत्र । नेपालमा विदेशी पर्यटकको अगामन मार्च महिनामा १ प्रतिशतले घटेको छ । गत बर्षको मार्च महिनामा भन्दा यस बर्षको मार्चमा नेपाल आउने विदेशी पर्यटकको संख्या १ प्रतिशतले घटेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
यस बर्षको मार्चमा कुल एक लाख २० हजार ५१६ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको मार्चमा एल लाख २१ हजार ६८७ पर्यटक नेपाल आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को मार्चमा यो संख्या एक लाख २७ हजार ३५१ रहेको थियो ।
मार्च महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट मार्चमा २५ हजार ७२८ जना अर्थात २१.३ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै मार्चमा चीनबाट दोस्रो धेरै ११ हजार २२० पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।
त्यसैगरी श्रीलंकाबाट १० हजार ७५९ , अमेरिकाबाट ७ हजार ९७४ जना, म्यानमारबाट ६ हजार २० जना, अस्ट्रेलियाबाट ४ हजार ८४५ जना, बेलायतबाट ४ हजार ८१४ जना र बंगलादेशबाट ४ हजार ६७६ पर्यटक मार्च महिनामा नेपाल आएका छन् ।
पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल ४२ हजार ६६८, एशियाका अन्य देशबाट ३३ हजार ४३६ जना, युरोपबाट २० हजार ८७६ जना, अमेरिका क्षेत्रबाट १० हजार ३७४ जना, ओसिनियाबाट ५ हजार २२५ जना मार्च महिनामा नेपाल आएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै
-
समस्याग्रस्त तीन सहकारीका २२० बचतकर्ताले पाए रकम
-
ज्ञानेन्द्र शाहीको चुनौती- त्यो अश्लील भिडियो मेरो पुष्टि भए राजनीतिबाट संन्यास लिन्छु
-
पूर्णबहादुर खड्काको गगनलाई आग्रह- पार्टीको सम्पूर्ण एकताको तत्काल पहल गर्नुस्
-
प्रधानमन्त्री शाहसँग भारतीय राजदुत श्रीवास्तवको भेटवार्ता
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।