- अत्यधिक चिसो र प्रतिकूल मौसमका बीच एक सातापछि उनी जीवितै भेटिएको यो घटनालाई पर्वतारोहण क्षेत्रका व्यक्तिहरूले एउटा चमत्कारका रूपमा लिएका छन्।
सगरमाथा आधार शिविर क्षेत्रबाट एक सातादेखि बेपत्ता भएका पर्यटन गाईड हिलारी भनिने दावा शेर्पा आज बिहान गम्भीर बिरामी अवस्थामा भेटिएका छन्।
आरोही पर्यटकहरूको सहयोगीका रूपमा गएका ओखलढुंगा खिजिदेम्बा गाउँपालिकाका शेर्पा एक साताअघि आधार शिविर फर्कने क्रममा हराएका थिए। उनको खोजीका लागि सगरमाथाको तेस्रो शिविर आसपास हेलिकोप्टर समेत परिचालन गरिए पनि उनी फेला परेका थिएनन्। आज बिहान खुम्बु आइसफलको क्र्याम्पोन पोइन्ट छेउबाट आधार शिविरतर्फ घस्रिँदै आइरहेको अवस्थामा सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का कामदारहरूले उनलाई फेला पारेर उद्धार गरेका हुन्।
एसपीसीसीका कार्यकारी निर्देशक छिरिङ शेर्पा र पर्यटन बोर्डका पूर्व सदस्य ङावाङिमा शेर्पाका अनुसार हिउँले हात र खुट्टा खाएको अवस्थामा भेटिएका उनलाई प्रारम्भिक उपचार र खाना दिइएको छ। हाल उनको अवस्था स्थिर रहेको र थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिने बताइएको छ। अत्यधिक चिसो र प्रतिकूल मौसमका बीच एक सातापछि उनी जीवितै भेटिएको यो घटनालाई पर्वतारोहण क्षेत्रका व्यक्तिहरूले एउटा चमत्कारका रूपमा लिएका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै
-
समस्याग्रस्त तीन सहकारीका २२० बचतकर्ताले पाए रकम
-
ज्ञानेन्द्र शाहीको चुनौती- त्यो अश्लील भिडियो मेरो पुष्टि भए राजनीतिबाट संन्यास लिन्छु
-
पूर्णबहादुर खड्काको गगनलाई आग्रह- पार्टीको सम्पूर्ण एकताको तत्काल पहल गर्नुस्
-
प्रधानमन्त्री शाहसँग भारतीय राजदुत श्रीवास्तवको भेटवार्ता
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।