भारत सरकार र ककरोच जनता पार्टीबीच वार्ता, शिक्षमन्त्रीको राजीनामा बटमलाइन

८ श्रावण, २०८३, शुक्रवार
सारांश
  • उनले आन्दोलनका क्रममा आत्महत्या गरेका चिकित्सा प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिने तथा आन्दोलनकारी विद्यार्थीमाथिका मुद्दा फिर्ता लिने विषयमा सरकारले सैद्धान्तिक सहमति जनाएको दाबी पनि गरे ।

काठमाडौँ: ककरोच जनता पार्टी (सिजेपी) ले सरकारसँग भएको वार्तामा तीन बुँदे माग अघि सारेको जनाएको छ । पार्टीका राष्ट्रिय प्रवक्ता आशुतोष रांकाका अनुसार सरकारसँग करिब १० मिनेट वार्ता भएको थियो र त्यस क्रममा मृतक विद्यार्थीका परिवारलाई क्षतिपूर्ति, आन्दोलनकारीमाथिका मुद्दा फिर्ता तथा केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग प्रस्तुत गरिएको थियो ।

 

रांकाले मृतक विद्यार्थीका परिवारलाई एक करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, आन्दोलनकारीविरुद्ध दर्ता गरिएका पहिलो सूचना प्रतिवेदन तथा कानुनी कारबाही फिर्ता लिनुपर्ने र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुपर्ने माग राखिएको बताए ।

 

उनका अनुसार सरकारसँग शिक्षा मन्त्रीको राजीनामाबारे कुनै सहमति भएको छैन । यस विषयमा सरकारसँग शुक्रबार पुनः वार्ता हुने तय भएको छ । सरकारले धर्मेन्द्र प्रधानको राजीनामासम्बन्धी मागमा निर्णय गर्न भोलि दिउँसोसम्मको समय मागेको र उनलाई पदबाट हटाइने अपेक्षा गरिएको रांकाले बताए ।

 

उनले आन्दोलनका क्रममा आत्महत्या गरेका चिकित्सा प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति दिने तथा आन्दोलनकारी विद्यार्थीमाथिका मुद्दा फिर्ता लिने विषयमा सरकारले सैद्धान्तिक सहमति जनाएको दाबी पनि गरे ।

 

यसैबीच, सिजेपीका संस्थापक अध्यक्ष अभिजीत दीपकेले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाभन्दा कममा आन्दोलन नरोकिने स्पष्ट पारे । उनले यो आन्दोलन कुनै एक व्यक्ति वा संगठनको नभई देशभरका युवाको आवाज भएको उल्लेख गर्दै यसलाई विपक्षी दलको आन्दोलनका रूपमा नहेर्न आग्रह गरे ।

 

दीपकेले सरकारले आन्दोलनको समाधान खोज्न चाहेको भए शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा नै एकमात्र विकल्प रहेको बताए । उनले सामाजिक अभियन्ता सोनम वाङ्चुकलाई सरकारले नियन्त्रणमा राखेको आरोप पनि लगाए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार