भारतमा विद्यार्थी आन्दोलनको समर्थनमा अन्ना हजारेको मौन आन्दोलन सुरु
७ श्रावण, २०८३, बिहिवार
- याचिकामा प्रदर्शनका कारण दिल्लीका विभिन्न सडक बन्द भएको र सर्वसाधारणले कठिनाइ भोग्नुपरेको दाबी गरिएको छ । प्रदर्शनकारीहरूले राजधानीलाई प्रभावित बनाएको आरोपसमेत लगाइएको छ ।
काठमाडौँ: भारतका सामाजिक अभियन्ता अन्ना हजारेले विद्यार्थीहरूको आन्दोलनको समर्थन गर्दै महाराष्ट्रको अहिल्यानगरमा मौन आन्दोलन सुरु गरेका छन् ।
हजारेले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै जनताका समस्या र माग उच्च नेतृत्वसम्म पुर्याउन आवश्यक रहेको बताएका थिए । उनले प्रधानमन्त्री देशको सर्वोच्च नेतृत्व भएकाले नागरिकका प्रश्न उनीसमक्ष पुग्नुपर्ने धारणा राखेका छन् ।
यसैबीच ककरोच जनता पार्टीले दिल्लीको जन्तर-मन्तरमा गरिरहेको प्रदर्शनविरुद्ध परेको जनहित याचिकामाथि दिल्ली उच्च अदालतमा शुक्रबार सुनुवाइ हुने भएको छ ।
याचिकामा प्रदर्शनका कारण दिल्लीका विभिन्न सडक बन्द भएको र सर्वसाधारणले कठिनाइ भोग्नुपरेको दाबी गरिएको छ । प्रदर्शनकारीहरूले राजधानीलाई प्रभावित बनाएको आरोपसमेत लगाइएको छ ।
उता जन्तर-मन्तरमा ककरोच जनता पार्टीको प्रदर्शन जारी छ। बिहीबार बिहानैदेखि हजारौँ मानिस प्रदर्शनस्थलमा भेला भएका थिए ।
पार्टी प्रमुख अभिजीत दीपकेले प्रदर्शनकारीबीच सत्तारूढ दलका समर्थकहरूले घुसेर ढुंगामुढा गरिरहेको आरोप लगाएका छन् । उनले आन्दोलनलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गरेका छन्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्रिय विपद् प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सम्हाले कार्यभार
-
खुला सीमाले सुरक्षा चुनौती बढायो : गृहमन्त्री गुरुङ
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐन बारे छलफल
-
बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन
-
भारत सरकार र ककरोच जनता पार्टीबीच वार्ता, शिक्षमन्त्रीको राजीनामा बटमलाइन
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।