राष्ट्रिय विपद् प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सम्हाले कार्यभार

८ श्रावण, २०८३, शुक्रवार
सारांश
  • मन्त्रिपरिषद्को २०८३ साउन ६ गते बसेको बैठकले डा. उप्रेतीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

काठमाडौँ: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले कार्यभार सम्हालेका छन् ।

 

पदभार ग्रहणसँगै उनले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त १८८ घरधुरीको पुनर्निर्माण प्रक्रिया सुरु गर्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।

 

मन्त्रिपरिषद्को २०८३ साउन ६ गते बसेको बैठकले डा. उप्रेतीलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

 

कार्यभार सम्हालेसँगै उनले विपद्बाट प्रभावित नागरिकको पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार