विश्व औलो दिवस आज मनाइँदै

२०८३ वैशाख १२ शनिवार
सारांश
  • विश्व औलो दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

काठमाण्डौ, १२ वैशाख । विश्व औलो दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

 

औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यका साथ प्रत्येक वर्ष अप्रिल २५ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । विश्व औलो दिवस २०२६ को विषय 'औलो अन्त्य गर्न प्रेरित: अब हामी सक्छौं । अब हामीले गर्नुपर्छ' भन्ने रहेको छ ।

 

‘एनोफिलिज’ नामक लामखुट्टेको टोकाइका कारण औलो रोग फैलिने गर्छ । औलो फैलाउने लामखुट्टे प्रायः फोहोर तथा दूषित पानीमा बस्छ । विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करिब ५० हजार मानिस प्रभावित हुने गर्छन् । जसमध्ये करिब २७ प्रतिशतको मृत्यु औलो रोगकै कारण हुने गर्छ । औलो रोगका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका बालबालिका धेरै छन् ।

 

यो रोगको जोखिममा मुख्यतया गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिका रहने गरेका छन् । संसारमा पाइने औलोको परजीविमध्ये दुई परजीवि प्लाज्मोडियम फाल्सिपेरम तथा प्लाज्मोडियम भाइभेक्स जातको परजीविमात्र नेपालमा पाइन्छ । यसमध्ये प्लाज्मोडियम फाल्सिपेरम गराउने औलो रोग बढी कडा तथा खतरनाक हुन्छ ।

 

स्वास्थ्य संस्था र सरोकारवाला निकायले औलो निवारण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएपनि नेपालमा औलोको प्रकोप कायमै छ । औलो उन्मूलनका लागि भन्दै करोडौं रकम खर्च गरिएको छ ।

 

औलो रोग लाग्न नदिनु लामखुट्टेको टोकाईबाट जोगिनु नै हो । त्यसको लागि लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु नै सबैभन्दा उत्तम उपाय हो । पानी जम्ने स्थानहरू कम गर्ने, बासस्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नाश गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा सधैं झुल प्रयोग गर्नुपर्दछ । शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

मन्त्रीहरुको पृष्ठभूमिको अध्ययन किन भएन ?

प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना नपुग्दै दुई मन्त्री हटाउनुपर्ने अवस्थाले वर्तमान सरकारको कार्यशैली, निर्णय क्षमता र नेतृत्वको विश्वसनीयतामाथि गहिरो बहस सुरु भएको छ ।

थप समाचार