स्वास्थ्य क्षेत्रमा पनि दुई दिन सार्बजनिक बिदा लागु हुने

४ बैसाख, २०८३, शुक्रवार
सारांश
  • मन्त्रालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको हो

काठमाडौँ: स्वास्थ्य मन्त्रालयले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएसँगै स्वास्थ्य सेवामा कुनै असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जनाएको छ ।

 

मन्त्रालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको हो । सोही सन्दर्भमा बिरामीको निरन्तर उपचार सुनिश्चित गर्न स्वास्थ्य संस्थाहरूलाई आवश्यक निर्देशन दिइएको छ ।

 

आइतबारका लागि पूर्वनिर्धारित शल्यक्रियाहरू बिरामीको सहजता अनुसार पुनः तालिका मिलाइनेछ भने अन्तरंग र आकस्मिक सेवा भने सधैँझैँ २४सै घण्टा सञ्चालनमा रहने मन्त्रालयले स्पष्ट पारेको छ ।

 

बिदाका दिनमा बिरामीले समस्या नपरोस् भनी अस्पतालहरूलाई सम्भव भएसम्म सेवा उपलब्ध गराउन, सेवा उपलब्ध नभए नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा पठाउन तथा एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।

 

यसका साथै बिदाका दिन उपलब्ध सेवाबारे जानकारी अस्पतालको वेबसाइट र सूचनापाटीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले अस्पताल सुधार कार्यविधि २०८२ पूर्ण रूपमा लागू गर्दै आगामी दिनमा स्वास्थ्य सेवालाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध

मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।

थप समाचार