अध्ययन भन्छ- फोनको एउटा नोटिफिकेशनले ७ सेकेन्ड दिमाग रोक्ने
२०८२ चैत्र ७ शनिवार
- मोबाइल फोनका नोटिफिकेशनले मानिसको ध्यान र काम गर्ने गति असर पार्ने तथ्य नयाँ अनुसन्धानले देखाएको छ ।
काठमाण्डौ, ०७ चैत्र । मोबाइल फोनका नोटिफिकेशनले मानिसको ध्यान र काम गर्ने गति असर पार्ने तथ्य नयाँ अनुसन्धानले देखाएको छ । आवश्यक काममा ध्यान केन्द्रित भएको बेला आएको एउटा सानो नोटिफिकेशनले पनि दिमागको प्रक्रिया केही सेकेन्डसम्म रोक्ने वा भंग गर्ने देखिएको हो ।
‘कम्प्युटर्स इन ह्युमन विहेभियर’ नामक जर्नलमा प्रकाशित उक्त अध्ययनअनुसार सामाजिक सञ्जालको एउटा मात्र सूचना आए पनि करिब ७ सेकेन्डसम्म ध्यान विचलित हुन्छ । अनुसन्धानकर्ताले १८० जना विश्वविद्यालयका विद्यार्थीमा ‘स्ट्रूप परीक्षण’ मार्फत ध्यान र एकाग्रता मापन गरेका थिए । परीक्षणका क्रममा अचानक फोनमा सूचना पठाउँदा सहभागीको दिमागको काम गर्ने गति केही समयका लागि सुस्त भएको पाइएको हो ।
अनुसन्धानमा व्यक्तिगत भावना वा लक्ष्यसँग जोडिएका सन्देशले झन् बढी असर पार्ने पनि देखिएको छ । विशेष व्यक्तिबाट आएको सन्देशजस्ता सूचनाले ध्यान अझ छिटो भंग हुने तथ्य उजागर भएको हो ।
अध्ययनले दिनभर कति समय फोन चलाइयो भन्ने भन्दा पनि बारम्बार फोन जाँच्ने बानी बढी हानिकारक हुने निष्कर्ष निकालेको छ । लगातार एकैपटक फोन प्रयोग गर्नु भन्दा कामको बीच-बीचमा पटक-पटक फोन खोल्दा ध्यान टुक्रिने र काममा फर्कन समय लाग्ने बताइएको छ ।
स्विट्जरल्यान्डस्थित लुसाने विश्वविद्यालयका अनुसन्धानकर्ता हिप्पोलाइट फर्नियरका अनुसार दिनभर आउने सूचनाको संख्या र फोन जाँच्ने बानीले ध्यान बिग्रिने समस्या सीधै सम्बन्धित छ । उनले स्मार्टफोनको टुक्राटुक्रा प्रयोग नै मानिसको एकाग्रता कमजोर बनाउने मुख्य कारण रहेको बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।