गैरीगाउँस्थित सुकुम्बासी बस्ती खाली, ‘घण्टी’मा भोट दिएकोप्रति पश्चाताप
२०८३ वैशाख १२ शनिवार
- उनले गाउँको सम्पत्ति बेचेर सानो छाप्रो किनेर बसेको उल्लेख गर्दै हटाइने निर्णयले ठूलो समस्या उत्पन्न भएको गुनासो गरिन् ।
काठमाडौं: काठमाडौं महानगरपालिका–९ गैरीगाउँस्थित सुकुम्बासी बस्ती खाली गराइएको छ । शनिबार सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरेसँगै उक्त बस्ती खाली भएको हो ।
बस्तीमा वर्षौंदेखि बसोबास गर्दै आएकी भावना लिम्बुले आफूहरू २५ वर्षदेखि त्यहीँ बस्दै आएको बताएकी छन् । उनले गाउँको सम्पत्ति बेचेर सानो छाप्रो किनेर बसेको उल्लेख गर्दै हटाइने निर्णयले ठूलो समस्या उत्पन्न भएको गुनासो गरिन् ।
‘म यहाँ बसेको २५ वर्ष भइसक्यो। हामीले गाउँको सबै बेचेर सानो छाप्रो किनेर बसेका हौं । बालबच्चाहरूको परीक्षा चलिरहेको छ, परीक्षाकै बेला यस्तो भयो । अब परीक्षा दिन पाउने कि नपाउने भन्ने दोधार छ,’ उनले भनिन् ।
उनले आफूहरूलाई वैकल्पिक व्यवस्था नगरी हटाइएकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारसँग उचित व्यवस्थापनको माग गरेकी छन् । ‘बालबच्चाको भविष्यको ग्यारेन्टी हुनुपर्यो । अब हामीलाई कहाँ लगेर राख्नुहुन्छ भन्ने थाहा छैन । हामीले विश्वास गरेर घण्टीलाई भोट दिएका थियौं, तर अहिले बस्ने ठाउँ छैन,’ उनले भनिन् । आज नै सरकारले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिसकेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
०७२ विनाशकारी भूकम्प : दशक वित्यो पीडा र सम्झना ताजै, सरकार के गर्दैछ ?
-
गैरीगाउँस्थित सुकुम्बासी बस्ती खाली, ‘घण्टी’मा भोट दिएकोप्रति पश्चाताप
-
थापाथलीस्थित बस्तिका घरवारविहीन बताउने १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग पुर्याइयो
-
विदेशी मुद्राको सटहीदर: २०८३ वैशाख १२ शनिवार
-
विश्व औलो दिवस आज मनाइँदै
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
मन्त्रीहरुको पृष्ठभूमिको अध्ययन किन भएन ?
प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना नपुग्दै दुई मन्त्री हटाउनुपर्ने अवस्थाले वर्तमान सरकारको कार्यशैली, निर्णय क्षमता र नेतृत्वको विश्वसनीयतामाथि गहिरो बहस सुरु भएको छ ।