ओलीले आईजीपी नियुक्तिमाथि गरे व्यंग्य, भने– ‘अह्राएको गर्छ भनेर बनाएको होला’

१८ कार्तिक, २०८३
सारांश
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने सरकारको निर्णयप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने सरकारको निर्णयप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

 

पार्टी मुख्यालय च्यासलबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले सरकारले आफूले अह्राएको काम गराउन आईजीपी परिवर्तन गरेको हुन सक्ने टिप्पणी गरेका हुन् ।

 

सरकारले आज आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाउँदै डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।

 

नवनियुक्त आईजीपी केसीको नियुक्तिबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा ओलीले भने, ‘उहाँहरूले अह्राएको गर्छ भनेर बनाएको होला।’

ओलीको उक्त टिप्पणी प्रहरी नेतृत्व परिवर्तनको निर्णयलाई लिएर आएको हो । सरकारले आईजीपी परिवर्तन गरेपछि यस विषयमा राजनीतिक वृत्तमा समेत चासो बढेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार