नवीकरणीय ऊर्जालाई आर्थिक समृद्धिको आधार बनाउनुपर्छ- मन्त्री श्रेष्ठ

१८ कार्तिक, २०८३
सारांश
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित कार्यक्रमबाट माथि उठाएर निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्नुपर्ने बताएका छन् ।

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित कार्यक्रमबाट माथि उठाएर निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोड्नुपर्ने बताएका छन् ।

 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सौर्य ऊर्जा, लघु जलविद्युत्, बायोग्यास र बायोमासको विकास तथा उपयोगलाई प्राथमिकता दिनुपर्ने बताए । ऊर्जाको विविधीकरण र प्रभावकारी उपयोगबाट राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सकिने उनको भनाइ थियो ।

 

मन्त्री श्रेष्ठले सरकारले अघि बढाउन लागेको ‘एलपी ग्यासमुक्त पालिका’ अवधारणा कार्यान्वयनका लागि तत्काल तयारी थाल्न केन्द्रलाई निर्देशन दिएका छन्। प्रत्येक पालिकाको ऊर्जा सम्भाव्यता, माग र खपतको अध्ययन गरी स्थानीयस्तरमै ऊर्जा आत्मनिर्भरता बढाउने योजना बनाउन उनले आग्रह गरे ।

 

उनका अनुसार केन्द्रले तीन दशकको अवधिमा दुर्गम तथा राष्ट्रिय प्रसारण प्रणालीको पहुँचबाहिर रहेका ३७ लाखभन्दा बढी घरपरिवारलाई नवीकरणीय ऊर्जा प्रविधिबाट लाभान्वित गराएको छ । अब यस क्षेत्रलाई निजी लगानी, नवीन प्रविधि र व्यावसायिक अवसरसँग जोड्नुपर्ने उनले बताए ।

 

जलवायु परिवर्तन र प्राकृतिक विपद्को जोखिमलाई ध्यान दिँदै विकेन्द्रीकृत ऊर्जा प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका मन्त्री श्रेष्ठले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकलाई महत्वपूर्ण सुधारको कदमका रूपमा उल्लेख गरे । साथै, जलवायु वित्त, कार्बन व्यापार र अन्तर्राष्ट्रिय लगानी परिचालनमार्फत नेपालको नवीकरणीय ऊर्जा क्षेत्रलाई थप विस्तार गर्नुपर्ने उनको भनाइ थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार