डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

१८ कार्तिक, २०८३
सारांश
  • चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ ।

 

समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्यसचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्य रहेका छन् ।

 

इलाममा २५औँ पटक आमरण अनशनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई सोमबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । हाल उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।

 

डा. केसीले गेटामा आवश्यक पूर्वाधार र जनशक्ति नपुगेको अवस्थामा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज, पदाधिकारी नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्वमाथि छानबिन, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन र यसअघि भएका सहमति कार्यान्वयन गर्नुपर्ने लगायत ६ बुँदे माग राखेका छन् ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार