न्युजिल्यान्डलाई हराउँदै भारतले लियो पाँच खेलको सिरिजमा अग्रता

१८ कार्तिक, २०८३
सारांश
  • भारतले पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ ।

काठमाडौँ : भारतले पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्डलाई पाँच विकेटले पराजित गरेको छ ।

 

वर्षाका कारण डकवर्थ लुइस नियमअनुसार ३२ ओभरमा १४३ रनको लक्ष्य पाएको भारतले २२.४ ओभरमै पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । भारतका लागि विराट कोहलीले सर्बाधिक ७४ रन बनाएका थिए ।

 

पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड ४०.२ ओभरमा १८५ रनमा समेटिएको थियो । न्युजिल्याण्डका टिम साइफर्टले सर्वाधिक ३८, ब्लेयर टिकनरले ३४ र ग्लेन फिलिप्सले ३० रन बनाए । भारतका अर्शदीप सिंहले चार, गुरनुर बरारले तीन र अंशुल कम्बोजले दुई विकेट लिए ।

 

जितसँगै भारतले पाँच खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ । अब दोस्रो खेल नोभेम्बर ७ मा वेलिङ्टनमा हुनेछ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !

बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।

थप समाचार