सत्ताले कांग्रेसको आन्तरिक विषयमा आँखा लगाउन आवश्यक छैन- देवराज चालिसे
१७ कार्तिक, २०८३
- कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ता पक्षको कुनै व्यक्ति वा शक्तिको आवश्यकता नरहेको बताउँदै उनले पार्टी आफ्नै विधान र लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन हुने बताएका छन् ।
काठमाडौं : नेपाली कांग्रेसका पूर्वप्रवक्ता देवराज चालिसेले पार्टीको आन्तरिक विषयमा हस्तक्षेप नगर्न सत्तारूढ पक्षलाई चेतावनी दिएका छन् ।
कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ता पक्षको कुनै व्यक्ति वा शक्तिको आवश्यकता नरहेको बताउँदै उनले पार्टी आफ्नै विधान र लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन हुने बताएका छन् ।
चालिसेले कांग्रेसका प्रत्येक सांगठनिक गतिविधि पार्टीको विधानअनुसार हुने र विधान देशको संविधान तथा प्रचलित कानुनको अधीनमा रहेर कार्यान्वयन हुने बताएका छन् । लाखौँ सदस्यको अभिमत, सहभागिता र वैधानिक प्रक्रियाबाट प्राप्त निर्णय नै पार्टी सञ्चालनको आधार भएको उनको भनाइ छ ।
उनले भनेका छन्- कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ताद्वारा खडा गरिएको कुनै सिखण्डी, प्यादा वा कृपापात्रको आवश्यकता पर्दैन, लाखौँ सदस्यको अभिमत, तिनको सहभागिता र पार्टीको वैधानिक प्रक्रियाबाट प्राप्त निर्णय नै कांग्रेस सञ्चालनको आधार हो । पार्टीभित्र विमति हुन सक्छन्, असहमति हुन सक्छन् । ती आन्तरिक विषय हुन् र लोकतान्त्रिक प्रक्रियाबाट समाधान हुँदै जान्छन् । कांग्रेसभित्रको असहमतिलाई देखाएर लोकतन्त्रविरोधीहरूले हर्षबढाइँ गर्नु कुनै आवश्यक छैन ।'
उनले सत्तारूढ पक्षलाई आफ्नो समस्या आफैँ समाधान गर्न र कांग्रेसको आन्तरिक विषयमा अनावश्यक चासो नराख्न आग्रह गरेका छन्।
कांग्रेस सामाजिक सञ्जालका अभिव्यक्ति र उत्तेजनात्मक भाषणबाट निर्माण भएको पार्टी नभएको बताउँदै चालिसेले कलाकार र राजनेता हुनु, भीड जम्मा गर्नु र राजनीतिक दल निर्माण गर्नु तथा चुनाव जित्नु र लोकतान्त्रिक संस्कार स्थापित गर्नु फरक विषय भएको उल्लेख गरेका छन् ।
सत्ताको उन्मादमा इतिहासलाई चुनौती नदिन चेतावनी दिँदै उनले शक्ति स्थायी नहुने र अहंकारको आयु छोटो हुने बताएका छन् । सद्दाम हुसेन, मुअम्मर गद्दाफी र एडोल्फ हिटलरजस्ता शासकको पतन स्मरण गराउँदै उनले इतिहासले कसैलाई सधैँ उन्मुक्ति नदिने टिप्पणी गरेका छन् । आज दबाइएका वा ओझेलमा पारिएका प्रश्नको जवाफदेहिताको समय पनि आउने उनको चेतावनी छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाण्डौलाई भ्रष्टाचारका गतिविधिको दृष्टिकोणबाट मात्र नभई जासुसी तथा गुप्तचर गतिविधिको सम्भावित केन्द्रका रूपमा समेत अध्ययन गर्नुपर्छ - अभियान संयोजक सौरभ राज पन्त
-
उत्तर कोरियाले अस्वीकार गर्यो बाइनान्सको क्रिप्टो चोरी
-
रोमाञ्चक खेलमा जनकपुरमाथि विराटनगर २ रनले विजयी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ६५ करोडको कारोबार
-
इरानको केश्म टापुमा अमेरिकी आक्रमण, शृंखलाबद्ध विस्फोट
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।