- बैठकमा मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि छलफलका लागि स्वीकृत संशोधनका सूचनाबारे संशोधन प्रस्तुत गर्ने सांसदहरूसँग छलफल हुने समितिले जनाएको छ ।
काठमाण्डौ, १७ कार्त्तिक । प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुई संसदीय समितिको बैठक आज बस्ने भएका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्दैछ । बैठकमा मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि छलफलका लागि स्वीकृत संशोधनका सूचनाबारे संशोधन प्रस्तुत गर्ने सांसदहरूसँग छलफल हुने समितिले जनाएको छ ।
उक्त छलफलमा कानुनमन्त्री र मन्त्रालयका सचिवलाई समेत आमन्त्रण गरिएको छ ।
त्यस्तै, राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दैछ । बैठकमा ऐन कार्यान्वयन मापन अध्ययन सिफारिस उपसमिति र विधायिकी अन्तरसम्बन्ध अध्ययन सिफारिस उपसमितिका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाण्डौलाई भ्रष्टाचारका गतिविधिको दृष्टिकोणबाट मात्र नभई जासुसी तथा गुप्तचर गतिविधिको सम्भावित केन्द्रका रूपमा समेत अध्ययन गर्नुपर्छ - अभियान संयोजक सौरभ राज पन्त
-
उत्तर कोरियाले अस्वीकार गर्यो बाइनान्सको क्रिप्टो चोरी
-
रोमाञ्चक खेलमा जनकपुरमाथि विराटनगर २ रनले विजयी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ६५ करोडको कारोबार
-
इरानको केश्म टापुमा अमेरिकी आक्रमण, शृंखलाबद्ध विस्फोट
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।