कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदै

२०८३ श्रावण ३१ आइतवार
सारांश
  • नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदैछ ।
  • प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको दाबी गरिएको छ ।

काठमाण्डौ, २१ श्रावण । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आज सकिँदैछ ।

 

सुकेधाराको मिराकल पार्टी भेन्युमा जारी भेला शुक्रवारदेखि जारी रहेको छ । शुक्रवार उद्घाटन समारोह भएको भेलामा शनिवार बन्दसत्र भएको थियो ।

 

शनिवारको बन्दसत्रमा राजनीतिक, आर्थिक, सदस्यता र पार्टी संरचनासम्बन्धी प्रस्ताव प्रस्तुत भएका थिए । जसमा नेता विमलेन्द्र निधि, पूर्वअर्थमन्त्री प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक, एनपी साउद र मीन विश्वकर्मा विभिन्न प्रतिवेदन पेश गरेका थिए ।

 

प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको दाबी गरिएको छ । २०७९ को निर्वाचनमा ८८ सिट जितेको कांग्रेस अहिले ३८ सिटमा सीमित भएको उल्लेख गर्दै विशेष महाधिवेशन विधानविपरीत भएको आरोप लगाइएको छ । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आर्थिक नीति परिवर्तन गरी निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउनुपर्ने, कानुन सरल बनाउनुपर्ने र परियोजनाको सम्भावनाका आधारमा कर्जा उपलब्ध गराउनुपर्ने प्रस्ताव गरेका छन् ।

 

नेता रमेश लेखकले सदस्यता लिनेदेखि नवीकरण र अभिलेखसम्मको काम डिजिटल प्रणालीमा लैजानुपर्ने प्रस्ताव गरेका छन्। साथै ३० वर्षमुनिका युवालाई पार्टीका सबै तहमा अवसर दिनुपर्ने तथा महिला र युवाको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् ।

 

भेलामा पार्टी संरचना सुधार गर्दै विभिन्न तहमा पदाधिकारी थप्ने, केन्द्रीय समितिमा विज्ञको सहभागिता बढाउने र महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रस्ताव पनि अघि सारिएको छ। विशेष महाधिवेशनसम्बन्धी विवाद दोहोरिन नदिन विधानमा स्पष्ट कार्यविधि बनाउनुपर्ने प्रस्तावसमेत गरिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार