देउवाले भने- म हिन्दु हुँ, बौद्ध धर्मलाई पनि उत्तिकै सम्मान गर्छु

२०८३ श्रावण ३१ आइतवार
सारांश
  • नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू भएको बताउँदै आफू पशुपतिनाथ जाने र पूजा गर्ने गरेको बताएका छन् ।

काठमाण्डौ, ३१ श्रावण । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू भएको बताउँदै आफू पशुपतिनाथ जाने र पूजा गर्ने गरेको बताएका छन् ।

 

काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा देउवाले हिन्दु धर्मको कुरा उठाएर अर्थपूर्ण सन्देश दिएका छन् । उनले भने- 'म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ । म पशुपतिनाथ जान्छु। पूजा गर्छु ।’

 

देउवाले आफू हिन्दू धर्मसँगै बौद्ध धर्मलाई पनि उत्तिकै सम्मान गर्ने बताए । बौद्ध धर्मलाई संसारले स्वीकार गरेको र वैज्ञानिक धर्मका रूपमा समेत मानिएको उनले बताए ।  नेपालमा प्रकृतिलाई आधार मानेर धर्म मान्ने समुदाय पनि रहेको उल्लेख गर्दै देउवाले राई र लिम्बू समुदायको धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान गर्नुपर्ने बताए ।

 

उनले नेपाल कस्तो हुने भन्ने कुरा नेपाली जनतामा निर्भर रहने बताउदै आफूलाई साथ र सहयोग गर्ने नेता तथा कार्यकर्ताको योगदान कहिल्यै नबिर्सने बताए ।

 

भेलामा देउवाले आफूले विशेष महाधिवेशन स्वीकार नगरे पनि अदालतले गरेको निर्णय भने स्वीकार गर्ने स्पष्ट पारे । उनले पार्टीसम्बन्धी विचाराधीन मुद्दामा अदालतले न्याय दिने विश्वाससमेत उनले व्यक्त गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार