राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ साउन २७ बुधवार
सारांश
  • आजको बैठकमा विधायन व्यवस्थापन कार्य अन्तर्गत राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३' का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।

काठमाण्डौ, २७ श्रावण । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि शुरु हुँदैछ ।

 

आजको बैठकमा विधायन व्यवस्थापन कार्य अन्तर्गत राष्ट्रिय सभाका सचिव तुल बहादुर कंडेलले 'नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३' का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ ।

 

त्यसैगरी, आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले 'आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३' सभा समक्ष पेस गर्ने कार्यसूची छ भने कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले  'सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्' भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार