- केन्द्रमा भएको एमाले र नेकपाबीचको सहमति अनुसार कोशी प्रदेशको मुख्यमन्त्री एमाले कै भागमा परेको र कार्कीले नै निरन्तरता पाउने भएपछि काँग्रेस सरकारबाट बाहिरिएको हो ।
काठमाडौँ: नेपाली काँग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । कोशी प्रदेश सरकारमा रहेका काँग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले आजै राजीनामा दिएका हुन् ।
कांग्रेसबाट सरकारमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन् ।
केन्द्रमा भएको एमाले र नेकपाबीचको सहमति अनुसार कोशी प्रदेशको मुख्यमन्त्री एमाले कै भागमा परेको र कार्कीले नै निरन्तरता पाउने भएपछि काँग्रेस सरकारबाट बाहिरिएको हो ।
कांग्रेस सरकारबाट बाहिरिएपछि प्रदेशमा नयाँ सरकार गठन हुने र नेकपासहितको सरकार बन्ने भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।