रास्वपाको बन्द सत्र आज

२०८३ अषाढ़ ०९ मङ्गलवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्र आज हुने भएको छ । प्रतिनिधि छनोटको विषय नमिलेपछि यसअघि सोमबार हुन नसकेको बन्द सत्र आज हुने भएको हो ।

काठमाण्डौ, ०९ अषाढ़ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्र आज हुने भएको छ ।  प्रतिनिधि छनोटको विषय नमिलेपछि यसअघि सोमबार हुन नसकेको बन्द सत्र आज हुने भएको हो ।

 

रास्वपा नेता मनिष झाले आज अपराहन्नदेखि बन्द सत्र हुने जानकारी दिएका छन् । महाधिवेशनको कार्यतालिका अनुसार सोमबार बिहान सुरु हुनुपर्ने बन्दसत्र पटक पटक सारिएपनि आज विवाद मिल्न सकेन । अब विवाद मिलाएर मंगलबार अपराहन्न बन्द सत्र गर्ने तयारी गरिएको बताइएको छ ।  

 

उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुने बन्द सत्रमा अनुशासन आयोगले प्रतिवेदन, आर्थिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र राजनीतिक प्रतिवेदन पेश गरेर छलफलपछि प्रतिवेदन पारित गरेपछि पार्टीको अन्तरिम व्यवस्थापन समिति घोषणा गरेर आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने र निर्वाचनको प्रक्रिया शुरु हुने बताइएको छ ।

 

महाधिवेशन प्रतिनिधिको नामावली सच्याउन समय लागेका कारण बन्द सत्र शुरु हुन नसकेको रास्वपा नेताहरुले बताएका छन् । बिहानैदेखि बन्दसत्र स्थल उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सोमबार बिहान देखि नै महाधिवेशन प्रतिनिधिहरु उपस्थित भएका थिए । कतिपयले उम्मेदवारी घोषणा गरेर मत माग्न समेत शुरु गरेको देखिएको थियो ।

 

आज बन्द सत्र हुन नसकेपछि रास्वपाको महाधिवेशनको कार्यतालिका प्रभावित हुने भएको छ र महाधिवेशन लम्बिने भएको छ । रास्वपाको यस प्रथम महाधिवशेनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ । महाधिवेशनको सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार उद्घाटन गरेका थिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार