निर्वाचित दल छोडेपछि यी स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षको पद रिक्त

९ आषाढ़, २०८३, मगलवार
सारांश
  • आयोगका अनुसार जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढा, नवलपरासी, बर्दघाट सुस्ताको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र बुटवल उपमहानगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु ढकालले आफु निर्वाचित पारित नेपाली काँग्रेस छोडेकाले उनीहरुको पद रिक्त भएको छ ।

काठमाडौँ: निर्वाचन आयोगले जुम्लाको गुठिचौर गाउँपालिका र नवलपरासी पश्चिम पाल्हिनन्दन गाउँपालिका उपाध्यक्षको पद रिक्त भएको जनाएको छ ।

 

त्यस्तै बुटवल उपमहानगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्षको पद पनि रिक्त भएको आयोगले सार्बजनिक सूचना निकालेर जानकारी दिएको हो ।

 

आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको व्यहोरा दलको केन्द्रीय समितिले निर्णय गरी आयोगलाई जानकारी गराउनुपर्ने कानूनी व्यवस्था बमोजिम नेपाली कांग्रेसको संवत् २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका तपसिल बमोजिमका जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको भनी केन्द्रीय कार्य सम्पादन समितिको निर्णयको प्रतिलिपि सहित आयोगमा जानकारी दिएपछि यी स्थानीय तहका पद रिक्त भएको जानकारी दिएको  हो ।

 

आयोगका अनुसार जुम्लाको गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढा, नवलपरासी, बर्दघाट सुस्ताको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी र बुटवल उपमहानगरपालिकाको वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु ढकालले आफु निर्वाचित पारित नेपाली काँग्रेस छोडेकाले उनीहरुको पद रिक्त भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार