विश्वकपमा भोली बिहान क्रोसिया र पनामा भिड्दै

९ आषाढ़, २०८३, मगलवार
सारांश
  • तथ्याङ्कका हिसाबले पनि पनामा कमजोर देखिन्छ, तर पहिलो खेलमा केही सकारात्मक संकेत भने देखिएका थिए । आक्रमणतर्फ प्रशिक्षकले इस्माएल दियाजलाई सुरुआती टोलीमा उतार्न सक्ने अनुमान छ। उनी गत गोल्ड कपमा सर्वाधिक गोलकर्ता बनेका थिए।

काठमाडौँ: जारी फिफा विश्वकप फुटबलमा भोली बिहान क्रोएसिया र पनामा आमने सामने हुदैछन् । क्यानडाको टोरन्टो स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान ४: ४५ बजेदेखि शुरु हुदैछ ।

 

विश्वकपको पहिलो खेलमा दुवै टोलीले निराशाजनक हार बेहोरेपछि उनीहरू दबाबमा छन् । समूह एल अन्तर्गतको आफ्नो पहिलो खेलमा क्रोएसिया इङल्याण्डसँग ४-२ ले पराजित भएको थियो । 

 

क्रोएसियाका प्रशिक्षक ज्लात्को डालिचलाई भने सुरुआती हारले धेरै चिन्ता नहुन सक्छ, किनकि पछिल्ला विश्वकपहरूमा पनि उनीहरूको सुरुआत कमजोर रहने गरेको छ। पछिल्ला छ विश्वकपमध्ये चारमा क्रोएसियाले पहिलो खेल हारेको इतिहास छ, तर त्यसका बाबजुद पनि टोली पछिल्ला दुई संस्करणमा कम्तीमा सेमिफाइनलसम्म पुगेको थियो ।

 

अब क्रोएसियाको लक्ष्य लगातार दोस्रो हार टार्दै प्रतियोगितामा फर्किने हुनेछ। यसअघि उनीहरूले सन् २००२ मा एक्वेडोर र त्यसपछि चार वर्षपछि ब्राजिलसँग लगातार हार बेहोरेका थिए।

 

अनुभवका हिसाबले पनि क्रोएसिया बलियो छ । कप्तान लुका मोड्रिचले यो खेलमार्फत १० फरक ठूला प्रतियोगितामा सहभागिता जनाउने दोस्रो युरोपेली खेलाडी बन्ने कीर्तिमान बनाएका छन् । तर उनी पहिलो खेलमा ५८ मिनेटमै बाहिरिएका थिए, जुन उनका ३४ सुरुआती खेलमध्ये सबैभन्दा कम समय हो।

 

अब मोड्रिचले आफ्नो २००औं अन्तर्राष्ट्रिय खेलमा अझ प्रभावशाली प्रदर्शन गर्ने लक्ष्य राख्नेछन् । प्रशिक्षक डालिचले भने मध्यभागमा मातेओ कोभाचिचलाई थप जिम्मेवारी दिन सक्ने सम्भावना छ।

 

त्यस्तै पनामाले पनि पहिलो खेलमा हार बेहोरेको थियो । घानासँग १-० को पराजय भोग्दै उसले अन्तिम मिनेटमा गोल खाएको थियो। पनामाका प्रशिक्षक थोमस क्रिस्टियानसेनको टोली हालसम्म विश्वकपमा खेलेका चारै खेलमा पराजित भएको छ । उनीहरूले १२ गोल खाइसकेका छन् भने मात्र दुई गोल गर्न सकेका छन् ।

 

तथ्याङ्कका हिसाबले पनि पनामा कमजोर देखिन्छ, तर पहिलो खेलमा केही सकारात्मक संकेत भने देखिएका थिए । आक्रमणतर्फ प्रशिक्षकले इस्माएल दियाजलाई सुरुआती टोलीमा उतार्न सक्ने अनुमान छ। उनी गत गोल्ड कपमा सर्वाधिक गोलकर्ता बनेका थिए।

 

क्रोएसिया र पनामा पहिलो पटक आमनेसामने हुँदैछन् । तर क्रोएसियाले अमेरिकी महादेशका टोलीसँग पछिल्ला १० विश्वकप खेलमध्ये ७ हार बेहोरेको तथ्य पनि उनीहरूको लागि चिन्ताको विषय हो । समग्रमा, दुवै टोलीका लागि यो खेल समूह चरणमा टिकिरहन अत्यन्तै महत्वपूर्ण हुनेछ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार