रास्वपाको निर्वाचन तालिका संशोधन, आज उम्मेदवारी दर्ता, भोली मतदान

९ आषाढ़, २०८३, मगलवार
सारांश
  • आजै राति १० बजे उम्मेदवारहरुको प्रारम्भिक नामावली सार्बजनिक गर्ने कार्यतालिका छन् भने दावी विरोध साढे १० बजेसम्म र उम्मेदवारी फिर्ता लिने समय राति सवा ११ बजेसम्म सार्बजनिक गर्ने आयोगले जनाएको छ ।

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जारी प्रथम महाधिवेशनको निर्वाचन कार्यतालिका संशोधन गरेको छ ।
 

केन्द्रीय निर्वाचन आयोगले संशोधित कार्यतालिका सार्बजनिक गर्दै मनोनयन दर्ताको प्रक्रिया आजै शुरु गर्ने जानकारी दिएको छ ।
 

जस अनुसार महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली साँझ ५ बजेसम्म सार्बजनिक गरिएको जनाएको छ । त्यसैगरी आज साँझ ७ बजेदेखि ७: ३० बजेसम्म सभापति पदको मनोनयन दर्ताको समय तोकिएको छ । त्यस्तै केन्द्रीय सदस्यको मनोनयन दर्ता आजै साढे ७ बजेदेखि साढे ९ बजेसम्मका लागि तोकिएको छ ।
 

आजै राति १० बजे उम्मेदवारहरुको प्रारम्भिक नामावली सार्बजनिक गर्ने कार्यतालिका छन् भने दावी विरोध साढे १० बजेसम्म र उम्मेदवारी फिर्ता लिने समय राति सवा ११ बजेसम्म सार्बजनिक गर्ने आयोगले जनाएको छ ।
 

त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति ११; ४५ बजेका लागि तोकिएको छ । साथै त्यसपछि मौन अवधि शुरु हुने जानकारी दिइएको छ ।
 

सभापति र केन्द्रीय सदस्यको लागि मतदान बुधबार बिहान हुने र मतगणना मतदान सम्पन्न भएको २ घटनामा हुने आयोगले जनाएको छ ।
 

दोस्रो चरणमा हुने पदाधिकारीको निर्वाचनको कार्यतालिका त्यसपछि प्रकाशित गरिने आयोगले जनाएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार