रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकमा शिर्ष नेताहरु सहभागी नहुने

२०८३ जेठ २५ सोमवार
सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकमा प्रमुख दलका शिर्ष नेता नजाने भएका हुन् ।

काठमाण्डौ, २५ जेठ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकमा प्रमुख दलका शिर्ष नेता नजाने भएका हुन् ।

 

सर्बदलीय बैठक संसदमा प्रतिनिधित्व गर्ने दलका सभापतिसहित दुई जनालाई सहभागी हुन निमन्त्रणा गरिएकोमा दलहरुका शिर्ष नेता नजाने भएका हुन् । नेपाली काँग्रेसका सभापति गगन थापा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ लगायत अनुपस्थित हुने भएका छन् ।

 

काँग्रेसबाट सभापति थापाको सट्टा संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सहभागिता जनाउने बताइएको छ । त्यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड समेत बैठकमा सहभागी नहुने बुझिएको छ ।  एमालेको तर्फबाट प्रमुख सचेतक ऐन महर सहभागी हुदैछन् ।

 

नेकपा संयोजक प्रचण्ड भने अस्वस्थ भएका कारण बैठकमा सहभागी नहुने भएको उनको सचिवालयले जानकारी दिएको छ । प्रचण्ड अस्वस्थ भएपछि सहसंयोजक माधव नेपाल र नेता बर्षामान पुन बैठकमा सहभागी हुने बताइएको छ ।  त्यस्तै श्रम संस्कृति पार्टीले भने सहभागिता नजनाउने बताइएको छ ।

बैठक केहीबेरमा सिंहदरबारमा शुरु हुँदैछ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार